
बारा,८भदौंःबारामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छछ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का ३० वर्षिय आदेश लामा रहेका छन् ।
जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयामा बा ७५ प ५४५१ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका लामालाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते लामाको वीरगन्जस्थित मेडिसिटी बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी ढकालले जानकारी दिए ।

