Madhes Khabar
स्थानिय

बारामा ट्याङ्करकाे ठक्करबाट बृद्धा महिलाकाे मृत्यु

सांकेतिक फोटो

वीरगन्ज ,२४भदाैं: बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ स्थित माइराम चोकमा ट्याङ्करको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

ना.६ ख २९९१ नम्बरको ट्याङ्करले पैदल यात्री स्थानीय ७७ वर्षीया हरीमायालाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याङ्करकाे ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागि कलैया अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

Related posts

पर्साकाे ग्रामीण नाकाबाट पटाकाकाे तस्करी शुरु

MadhesKhabar

वीरगन्जमा खानेपानीको हाहाकार भएपछि जनमत पार्टीका महिलाहरुद्वारा सडकमा प्रदर्शन

MadhesKhabar

दिल्ली पब्लिक स्कुलकाे विद्यार्थी ओसार्ने बसमा रक्साैलबाट सामानकाे तस्करी

MadhesKhabar

Leave a Comment