वीरगन्ज,८भदौं :पर्साको तिलावे नदीमा शनिबार नहुाउने क्रममा डुबेर एक बालक बेपत्ता भएका छन् । नदीमा डुबेर बेपत्ता हुनेमा पर्साकै बहुदरमाई नगरपालिका वडा नम्बर २ बैरियाका असलम देवानका छोरा १० वर्षिय सलिम देवान रहेका छन् ।
स्थानीयका अनुसार, शनिबार बिहान ११ बजेतिर सलिम आफना ३ जना साथहरुसंगै बैरियास्थित बहुदरमाई मन्दिर नजिकको तिलावे नदीमा नुहाउन गएका थिए । नदीको बाढीमा नुहाउन पसेका चार जना मध्ये सलिमलाई बाढीले बगाएको र अरु तीन जना भने पौडिएर निस्किन सफल भएको प्रहरीले जनाएको छ ।
नदीमा डुबेर बेपत्ता भएका सलिमको सशस्त्र प्रहरीको टोलीले नदीको बाढीमा खोजी गरिरहेको भएपनि यो समाचार तयार पार्दासम्म फेला पार्न नसकेको स्थानीय सञ्चारकर्मी कृष्णा यादवले जानकारी दिए ।

