Madhes Khabar
स्थानिय हेडलाइन

त्रिशुलीमा बस दुर्घटना: फेला नपरेपछि सृष्टि यादवको पनि कुशको शव बनाएर गरियो दाहसंस्कार

कुशको शव बनाएर सृष्टि यादवको दाहासंस्कार गरिँदै। तस्बिर : अन्नपूर्ण

बारा,४साउनः त्रिशूली नदीमा बेपत्ता भएको एन्जल बसकी यात्रु सृष्टि यादवको शव नभेटिएपछि परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् । घटनाको सातौं दिनसम्म स्थिति अज्ञात बनेपछि बाराको कलैया उपमहानगरपालिका– १४ की सृष्टिका अभिभावकले कुशको शव बनाएर दाहसंस्कार गरेका हुन् ।

शव फेला नपरेपछि धार्मिक विधिअनुसार अन्तिम संस्कार गरेको परिवारले जनाएका छन् । सृष्टि पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवन स्थित स्वास्थ्य चौकीमा रेडियोग्राफरको रुपमा कार्यरत रहेकी थिइन् । उनी परीक्षा दिनका लागि काठमाडौंतर्फ जाँदै थिइन् ।

उनी चढेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको एन्जल र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको गणपती डिलक्स बस असार २८ गते सिमतालको पहिरोमा परी त्रिशूली नदीमा खसेको थियो ।साभारः अन्नपूर्णापाोष्ट

 

Related posts

पर्साको ठोरीमा हात्ती र बाघको आतंक, स्थानीय त्रसित

MadhesKhabar

कलैया उपमहानगरपालिकामा सेनिटरी प्याड खरिदमा ५२ लाख भ्रष्टाचार,विशेष अदालतमा मुद्दा दायर

MadhesKhabar

व्याक्तिकाे नाममा दर्ता गराइएको ४ बिघा सार्वजनिक जग्गा जगरनाथपुर गाँउपालिकाले गरायाे फिर्ता

MadhesKhabar

Leave a Comment