Madhes Khabar
स्थानिय हेडलाइन

त्रिशुलीमा बस दुर्घटना: फेला नपरेपछि सृष्टि यादवको पनि कुशको शव बनाएर गरियो दाहसंस्कार

कुशको शव बनाएर सृष्टि यादवको दाहासंस्कार गरिँदै। तस्बिर : अन्नपूर्ण

बारा,४साउनः त्रिशूली नदीमा बेपत्ता भएको एन्जल बसकी यात्रु सृष्टि यादवको शव नभेटिएपछि परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् । घटनाको सातौं दिनसम्म स्थिति अज्ञात बनेपछि बाराको कलैया उपमहानगरपालिका– १४ की सृष्टिका अभिभावकले कुशको शव बनाएर दाहसंस्कार गरेका हुन् ।

शव फेला नपरेपछि धार्मिक विधिअनुसार अन्तिम संस्कार गरेको परिवारले जनाएका छन् । सृष्टि पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवन स्थित स्वास्थ्य चौकीमा रेडियोग्राफरको रुपमा कार्यरत रहेकी थिइन् । उनी परीक्षा दिनका लागि काठमाडौंतर्फ जाँदै थिइन् ।

उनी चढेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको एन्जल र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको गणपती डिलक्स बस असार २८ गते सिमतालको पहिरोमा परी त्रिशूली नदीमा खसेको थियो ।साभारः अन्नपूर्णापाोष्ट

 

Related posts

कालीकामाइको विवाद झन चर्कदै ,प्रदर्शन र तालाबन्दी गर्ने असन्तुष्टहरुको चेतावनी

MadhesKhabar

वीरगन्जका युवाहरुले रक्तदान गरेर मनाए भारतीय क्रिकेटर धोनीको जन्मदिन

MadhesKhabar

बस दुर्घटना अपडेट : वीरगन्जका २ र बाराका ४ सहित १४ जना मृतकको सनाखत

MadhesKhabar

Leave a Comment