Madhes Khabar
राजनीति

जनताले सहज रूपमा शुद्ध खानेपानी पाउन गरी काम गर्न खानेपानी मन्त्री यादवको निर्देशन

काठमाडौं,१५ साउन: खानेपानी मन्त्री प्रदीप यादवले आम नागरिकले घर–घरमा सहज रूपमा शुद्ध खानेपानी पाउन सक्ने गरी काम गर्न निर्देशन दिएका छन् ।

खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा मंगलबार आयोजित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री यादवले हरेक नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा ल्याउनु पर्ने बताए ।

उनले भने, “म जनताको प्रतिनिधि हो, जनताको सपना बोकेर आएको छु, जनताले शुद्ध खानेपानी खाने सपना पुरा गर्न सबै मिलेर पुरा गर्नु पर्छ ।” यसै गरी उनले खाने पानीका क्षेत्रमा आवश्यक पर्ने बजेटका लागि आफूले पहल गर्ने बताए ।

मन्त्री यादवले जलवायु परिवर्तन नेपालको खानेपानी क्षेत्रको लागि ठूलो चुनौती बन्दै गएको बताए ।उनले भने, “जल वायु परिवर्तनका कारण तराईका क्षेत्रमा चापाकल सुकेर पानी आउन बन्द भएको छ, बिचमा पानी परेको थियो पानी आउँथ्यो अहिले पानी आउन बन्द छ, जलवायु परिवर्तनसँग लडेर जनतालाई शुद्ध पानी खुवाउनु हाम्रो काम हो,” उनले भने, “खाने पानीका लागि आवश्यक पर्ने बजेटको जोहो म गर्छु, जनताले शुद्ध पानी खान पाउनका लागि काम गरौँ ।”

मन्त्री यादवले गरिब निमुखा तथा दिनभरि मजदुरी गरी पेट पाल्दै आएका नागरिकलाई कसरी शुद्ध खाने पानी वितरण गर्न सकिन्छ त्यो विषयमा ध्यान दिएर सबैले लाग्न समेत मातहतका कर्मचारीलाई निर्देशन दिए । पहाड, तराई र हिमालमा पनि खानेपानीको समस्या रहेकाले हामी सबै मिलेर खाने पानीका समस्या समाधानका लागि एकजुट हुनु पर्ने उनले बताए ।

Related posts

राप्रपा अध्यक्ष लिङ्देनलाई कारबाही गर्न कांग्रेस पर्साको माग

MadhesKhabar

ठाकुरराम क्याम्पसमा स्ववियु निर्वाचन : जय नेपाल विद्यार्थी संघको यस्तो छ चुनावी घोषणापत्र

MadhesKhabar

पर्सा १ (ख) मा युवालाई चुन्न मतदाता आतुर छन् : ओमप्रकाश सर्राफ

MadhesKhabar

Leave a Comment