Madhes Khabar
स्थानिय

कार दुर्घटनामा वीरगन्जका पत्रकार श्याम बञ्जारा र पत्नि सुभद्रा घाइते

दुर्घटनामा परेको कार ।तस्बिर : फेसबुकबाट

वीरगन्ज,७ साउन :सवारी दुर्घटनामा परेर नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव  श्याम बञ्जारा र उनकी पत्नि शुभद्रा बन्जारा घाइते भएका छन् । बाराको जितपुर बजारमा सोमबार दिउँसो भएको दुर्घटनामा दुवै जना घाइते भएका हुन् । दुवै वीरगन्ज महानगरपालिका वडा नम्बर १२ श्रीपुर निवासी हुन् ।

उनिहरुको अहिले वीरगन्जको बहुअरीस्थित वीरगन्ज हेल्थकेयर हस्पिटलमा उपचार भइरहेको छ ।दुवै जनाको टाउको र ढाडमा चोट लागेको तर अवस्था भने खतरामुक्त रहेको हस्पिटलका सञ्चालक डाक्टर अबुल हैस अन्सारीले मधेसखबरलाई जानकारी दिए ।

प्रहरीका अनुसार, सिमरा विमानस्थलबाट पत्नि सुभद्रालाई लिएर गृहनगर वीरगन्ज आउने क्रममा दुवैजना सवार प्र.३–०१–०२४ छ १८६५ नम्बरको कारलाई त्यहि दिशाबाट आउँदै गरेको एक मालबाहक ट्रकको टायर पड्कीएर अनियन्त्रित भइ ठक्कर दिएको हो । उक्त ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Related posts

पर्साकाे भौराटारमा नि:शुल्क आँखा शिविर सम्पन्न, ५३ जनामा देखियो मोतियाबिन्दु

MadhesKhabar

छिपहरमाई गाँउपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई आयाेगकाे स्पष्टीकरण

MadhesKhabar

पर्साको पाण्डेपुरमा आगलागी हुदाँ घर जलेर नष्ट

MadhesKhabar

Leave a Comment