Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्ज महानगरले एक वर्षमा उठायो ६१ करोड ४७ लाख राजश्व

वीरगन्ज,५साउनःवीरगन्ज महानगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा ६१ करोड ४७ लाख १७ हजार १ सय ३१ रुपैयाँ राजस्व संकलन गरेको छ । महानगरले संकलन गरेको उक्त राजस्व अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ४ करोड ४५ लाख ४३ हजार ९ सय ३० रुपैयाँले बढी हो ।

महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले गत पुसमा बजेट संशोधन गर्दै ९० करोड राजस्व संकलन गर्ने लक्ष्य राखे पनि उक्त अवधिमा ६१ करोड ४७ लाख राजस्व संकलन गरेको बताए। ‘आर्थिक मन्दिले करदाता पीडामा भएको बेला पनि उक्त रकम राजस्व संकलन उठ्नुलाई सकारात्मक नै मान्नुपर्ने देखिन्छ’, उनले भने, ’आर्थिक वर्षमा राजस्वको लक्ष्य निर्धारण गर्दा आम्दानीलाई हेरेरभन्दा पनि खर्चमा आधारित हुने गरी गराउँदा लक्ष्य पछ्याउन समस्या भएको हो ।’

राजस्व महाशाखा प्रमुख कर्णले वीरगञ्ज महानगरमा गत आर्थिक वर्षमा करको दायरा पनि बढाउन नसकिएको बताए। ’गत आर्थिक वर्षमा घरेलु उद्योग तथा वाणिज्य उद्योग धेरै बन्द भए जसको असर राजस्व सङ्कलनमा पनि परेको छ’, उनले भने।

महानगरले गत आर्थिक वर्षमा सबैभन्दा धेरै राजस्व सम्पत्ति करमा उठाएको छ । उक्त शीर्षकमा महानगरले २० करोड ६ लाख ८४ हजार राजस्व संकलन गरेको छ । त्यस्तै घरबहाल करबापत ११ करोड ७७ लाख ४४ हजार आम्दानी गरेको छ ।

Related posts

आलु, प्याज लगायतका तरकारी एवं फलफूलमा लाग्ने भ्याट खारेज

MadhesKhabar

वीरगन्जकाे मालपाेत, नापी र भूमी सुधार कार्यालयकाे अनियमितता र बेथिति अन्त्य गर्न जनमत पार्टीको माग

MadhesKhabar

वीरगन्जको गहवामाई मन्दिर परिसर साैन्दर्यकरणकाे काम फेरि सुरु

MadhesKhabar

Leave a Comment