वीरगन्ज,३१जेष्ठ:भारत टी-२० विश्वकप क्रिकेटको सुपर ८ चरणमा प्रवेश गरेकाे छ।बुधबार राति भएकाे खेलमा अमेरिकालाई उसकै भूमीमा ७ विकेटले हराउँदै भारतले सुपर ८ चरणमा स्थान सुरक्षित गरेकाे हाे।
न्युयाेर्कमा भएकाे खेलमा अमेरिकाले दिएकाे १११ रनकाे लक्ष्य भारतले १८.२ ओभरमा केवल २ विकेट गुमाएर पुरा गर्याे।भारतका लागि सुर्यकुमार यादवले अविजित ५१ रन र शिबम दुबेले अविजित ३१ रन बनाए।ऋषभ पन्तले १८ रन जाेडे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १० रन बनाएकाे थियो ।
अमेरिकाका लागि नितिश कुमारले २३ बलमा २७ तथा ओपनर स्टेभन टेलरले ३० बलमा २४ रन बनाए । कोरी एन्डरसनले १२ बलमा १५ तथा कप्तान आरोन जोन्सले २२ बलमा ११ रन बनाए ।
भारतका लागि अर्शदिप सिंहले ४ ओभरमा ९ रन खर्चिएर ४ विकेट लिए । हार्दिक पान्ड्याले दुई तथा अक्षर पटेलले एक विकेट लिए ।
जारी विश्वकपमा भारतकाे याे लगातार तेस्राे जित हाे।यसअघि भारतले क्यानडा र पाकिस्तानलाई हराएको थियाे।

