Madhes Khabar
खेलकुद

विश्वकपमा आसिफले ५० र १०० रन बनाए भेट्रान सिटी क्लबले पनि नगद पुरस्कार दिने

टी–२० विश्वकपमा आसिफले ५० र १०० बनाए भेट्रान सिटि क्लबले पनि नगद पुरस्कार दिन

वीरगन्ज ,२१ जेष्ठ:अमेरिका र वेस्ट इन्डिजमा जारी आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा वीरगन्ज निवासी नेपाली टोलीका खेलाडी आसिफ शेखले प्रतियोगिताको प्रत्येक खेलमा ब्यक्तिगत ५० रन र एकसय रन बनाएको खण्डमा उनलाई भेट्रान सिटी क्लबलेपनि नगद पुरस्कार दिने भएको छ।

भेट्रान सिटि क्लब वीरगन्जले नेपाली टोलीको विकेट किपर समेत रहेका आसिफलाई ५० रन बनाएको खण्ड नगद ११ हजार र एक सय रन बनाएमा नगद २१ हजार नगद दिने घाेषणा गरेकाे हाे।

नेपाली खेलाडीको मनोबल बढाउनलाई वीरगन्जबासीका तर्फबाट सहयोग स्वरुप रकम प्रदान गर्ने घाेषणा गरिएको भेट्रान सिटि क्लब वीरगन्जका उपाध्यक्ष सागर समसेर राणाले जानकारी दिए ।

Related posts

विश्वकप फुटबलमा आज : ब्राजिल दाेश्राे जितकाे खाेजीमा

MadhesKhabar

भारतविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

MadhesKhabar

भारतका रोहित शर्माले बनाए विश्व कीर्तिमान

MadhesKhabar

Leave a Comment