Madhes Khabar
खेलकुद

टी-२० विश्वकपमा पाकिस्तानलाई हराएर अमेरिकाले रच्याे इतिहास

वीरगन्ज,२५जेष्ठ:आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको छ।

अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा ५ रनले स्तब्ध पार्दै सनसनीपूर्ण जित हात पारेकाे हाे ।

सुपर ओभरमा १९ रनकाे लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले १ विकेट गुमाउँदै १३ रन मात्रै बनाउन सक्याे।

यसअघि पहिले व्याटिङ् गर्दै पाकिस्तानले दिएको १६९ रनकाे लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको अमेरिकाले २० ओभरमा ३ विकेट गुमाउँदै १५९ रन बनाएर बराबरी गरेपछि खेल सुपर ओभरमा धकेलिएको थियाे ।

उसका लागि माेनांक पटेलले ५० रन र आराेन जाेन्सले अविजित ३६ रन बनाएका थिए।

अमेरिकाको ग्रान्ड प्रेरी स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर मात्र १५९ रन बनाएकाे थियाे।

पाकिस्तानका लागि कप्तान बाबर आज़मले सर्वाधिक ४४ रन,इफ़्तिख़ार अहमदले १८रन , शाहीन शाह अफ़रीदीले २३ रन र फ़ख़र ज़मानले ११ रन जोडेका थिए।

बलिङतर्फ अमेरिकाका लागि नॉस्थुश केनजिगेले ३, सौरभ नेत्रवलकरले २, अली ख़ान र जसदीप सिंहले समान एक-एक विकेट लिएका थिए ।

Related posts

ठाेरीमा जारी दशैंकप नकाउट फुटबलमा आयोजक वनशक्ती क्लब ए विजयी

MadhesKhabar

वीरगन्जमा जारी जय ट्रफी : मधेसमाथि पुलिसको ४५ रनको अग्रता

MadhesKhabar

विजयउत्सव मनाउन जनकपुर बोल्ट्सको टिम वीरगन्जपनि आउने

MadhesKhabar

Leave a Comment