वीरगन्ज,२३जेष्ठ :टी-२० विश्वकपकाे आफ्नाे पहिलाे खेलमा नेपाल पराजित भएकाे छ।बुधबार बिहान सम्पन्न खेलमा नेपाल नेदरल्यान्डससंग ६ विकेटले पराजित भएको हाे।
नेपालले दिएको १०७ रनकाे सामान्य लक्ष्य नेदरल्यान्डसले १८.४ बलमा केवल ४ विकेट गुमाएर पुरा गर्याे ।
नेदरल्यान्ड्सको जितमा म्याक्स ओ डाउडले ४८ बलमा ४ चौका र १ छक्काको सहयोगमा अविजित ५४ रनको अर्धशतकीय ईनिङ खेले । विक्रमजित सिंहले २८ बलमा २२ रन तथा साईब्रान्ड एगंलब्रेथले १६ बलमा १४ रन बनाए ।
नेपालका लागि सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र अभिनाष बोहराले समान १/१ विकेट लिए ।
यसअघि टस हारेर पहिले व्याटिङकाे निम्ताे पाएकाे नेपालले १९.२ ओेभरमा अलआउट हुदैं १०६ रन मात्र बनाएको थियाे।
नेपालका लागि कप्तान राेहित पाैडेलले ३७ बलमा सर्वाधिक ३५ रन बनाए।यस्तै करन केसीले १२ बलमा १७ रन,गुल्शन झाले १५ बलमा १४ रन जाेडे ।अनिल साहले ११ रन ,आसिफ शेखले ४ रन र कुशल भुर्तेलले ७ रन बनाए।
बलिङतर्फ नेदरल्यान्डसकाल लाेगन भान विक र टिम प्रिंगलले समान ३/३ विकेट लिए।

