
वीरगन्ज,२२जेष्ठ :टी-२० विश्वकपमा आफ्नाे पहिलाे खेलमा नेपालले नेदरल्यान्डसलाई १०७ रनकाे सामान्य लक्ष्य दिएकाे छ ।
टस हारेर पहिले व्याटिङकाे निम्ताे पाएकाे नेपालले १९.२ ओेभरमा अलआउट हुदैं १०६ रन मात्र बनाएको हाे।नेपालका लागि कप्तान राेहित पाैडेलले ३७ बलमा सर्वाधिक ३५ रन बनाए।यस्तै करन केसीले १२ बलमा १७ रन,गुल्शन झाले १५ बलमा १४ रन जाेडे ।अनिल साहले ११ ,आसिफ शेख ४ रन र कुशल भुर्तेल ७ रन बनाए।
बलिङतर्फ नेदरल्यान्डसकाल लाेगन भान विक र टिम प्रिंगलले समान ३/३ विकेट लिए।

