Madhes Khabar
स्थानिय हेडलाइन

बारामा १३ सय १६ थान नक्कली हजारको नोटसहित ४ जना पक्राउ

बारा,१६जेष्ठः बारामा प्रहरीले ठूलो परिमाणमा नेपाली नक्कली नोटसहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले भारतसंग सीमा जोडिएको सिम्रौनगढको बँसबरिया गाँउबाट१३ लाख १६ हजार रुपैयाँ नक्कली नोटसहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बाराकै कोल्हबी नगरपालिका वडा नम्बर ६ का २५ बर्षिय राजन चौधरी, वडा नम्बर ५ का १९ बर्षिय आकाश चौधरी, रौतहटको राजपुर नगरपालिका वडा नम्बर १ का १९ बर्षिय मोहन कुमार साह र भारत बिहारको मोतिहारी जिल्लाको कबैया पञ्चायतका ४० बर्षिय महम्मद आलम रहेका छन् ।

बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार, विशेष सूचनाको आधारमा सोमबार अपरान्ह खटिएको प्रहरी टोलीले सिम्रौनगढ–९ बसबँरीया गाँउबाट राजन,आकाश र साहलाई नेपाली १ हजार दरको ७०७ थान नक्कली नोटसहित पक्राउ गरेको थियो । ना ३४ प ३५१२ र बीआर ०६ ए डब्लु २७५८ नम्बरको दुई वटा मोटरसाइकलमा भारतबाट नेपाल प्रवेश गर्दै गरेको अवस्थामा उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।

उनिहरुले दिएकै बयानका आधारमा मंगलबार बसबरियाँ गाँउबाटै भारतीय नागरिक आलमलाई पनि नेपाली १ हजार दरका ६०९ थान नक्कली नोटसहित पक्राउ गरिएको उनले बताए । भारततर्फबाट साइकलमा नेपाल प्रवेश गरेका आलमलाई रोकेर खानतलासी गर्दा उनको साथबाट नक्कली नोट फेला परेपछि उनलाईपनि नियन्त्रणमा लिइएको न्यौपानले बताए ।

नक्कली नोटसहित पक्राउ परेका चारैै जनालाई जिल्ला प्रहरीको कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए ।

 

 

Related posts

वीरगन्जमा विद्यार्थी संगठनले निकालेको मशाल जुलुशमा प्रहरीले हस्तक्षेप गर्दा विद्यार्थी नेताहरु घाइते

MadhesKhabar

ग्यासलगायत इन्धनमा भएको मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई चौतर्फी दबाब

MadhesKhabar

तेस्रो लिङ्गीको भेष धारण गरेर लागू औषधको तस्करी गर्ने युवक वीरगन्जमा पक्राउ

MadhesKhabar

Leave a Comment