Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जमा राजस्व अनुसन्धान विभागको रहस्यमय छापामारी जारी,आजपनि एक घरमा शिलबन्दी

वीरगन्ज,१५जेष्ठःराजस्व अनुसन्धान विभागले वीरगन्जमा दुई दिन यता दुई वटा घरमा छापा मारेर शिलन्दी गरेको छ । आज मंगलबारपनि विभागको टोलीले वीरगन्जको श्रीपुरस्थित एक घरमा छापा मारेर शिलबन्दी गरेको हो ।त्यसअघि उक्त टोलीले उक्त घरबाट केही कागजात पनि नियन्त्रणमा लिएर गएको छ ।

मंगलबार राजश्व विभागको टोलीले छापा मारेर शिलबन्दी गरेको घरधनीको नाम र शिलबन्दी गर्नुको कारण बारे केहिपनि खुलाएको छैन ।

यसअघि सोमबारपनि विभागको टोलीले वीरगन्जकै वडा नम्बर ३ छपकैयास्थित एक घरमा पनि छापा मारेर शिलबन्दी गरेको थियो ।

वडा नम्बर ३ छपकैया स्थित मदरल्याण्ड स्कुल नजिकैको तीन तले घरमा सोमबार विभागको टोलीले छापा मारेर शिलबन्दी गर्नुका साथै केही कागज पत्र र दुई जनालाई नियन्त्रणमा लिएर गएको थियो । सोमबार त्यो खबर पाएर त्यहाँ पुगेका पुगेका सञ्चारकर्मीलाई विभागको टोलीले तस्बिरसमेत खिच्न दिएको थिए। सञ्चारकर्मीले खिचेको तस्बिर पनि मोबाइल मागेर डिलिट गरिदिएका थिए ।

 

Related posts

पोखरियाको सतवरीयामा ५०५ घरपरिवारलाई सिलिण्डरसहितको ग्याँस चुल्हो वितरण

MadhesKhabar

मधेसमै उत्कृष्ट सेवा दिए बापत वीरगन्ज हेल्थकेयर हस्पिटल सम्मानित हुदैं

MadhesKhabar

वीरगन्ज: बिग्रिएर सडकमा राेकेकाे ट्रकमा माेटरसाइकल ठाेक्किदा २ युवककाे मृत्यु

MadhesKhabar

Leave a Comment