वीरगन्ज,१५जेष्ठःराजस्व अनुसन्धान विभागले वीरगन्जमा दुई दिन यता दुई वटा घरमा छापा मारेर शिलन्दी गरेको छ । आज मंगलबारपनि विभागको टोलीले वीरगन्जको श्रीपुरस्थित एक घरमा छापा मारेर शिलबन्दी गरेको हो ।त्यसअघि उक्त टोलीले उक्त घरबाट केही कागजात पनि नियन्त्रणमा लिएर गएको छ ।
मंगलबार राजश्व विभागको टोलीले छापा मारेर शिलबन्दी गरेको घरधनीको नाम र शिलबन्दी गर्नुको कारण बारे केहिपनि खुलाएको छैन ।
यसअघि सोमबारपनि विभागको टोलीले वीरगन्जकै वडा नम्बर ३ छपकैयास्थित एक घरमा पनि छापा मारेर शिलबन्दी गरेको थियो ।
वडा नम्बर ३ छपकैया स्थित मदरल्याण्ड स्कुल नजिकैको तीन तले घरमा सोमबार विभागको टोलीले छापा मारेर शिलबन्दी गर्नुका साथै केही कागज पत्र र दुई जनालाई नियन्त्रणमा लिएर गएको थियो । सोमबार त्यो खबर पाएर त्यहाँ पुगेका पुगेका सञ्चारकर्मीलाई विभागको टोलीले तस्बिरसमेत खिच्न दिएको थिए। सञ्चारकर्मीले खिचेको तस्बिर पनि मोबाइल मागेर डिलिट गरिदिएका थिए ।

