Madhes Khabar
स्थानिय

पोखरियाको सतवरीयामा ५०५ घरपरिवारलाई सिलिण्डरसहितको ग्याँस चुल्हो वितरण

वीरगन्ज, ८ पुष : पर्साको पोखरिया नगरपालिका वडा नम्बर ५ मा वडा कार्यालयले सिलिण्डरसहितको ग्याँस चुल्हो वितरण गरेको छ ।
वडालाई धुवाँ मुक्त वडा बनाउने योजना अन्तर्गत वडा कार्यालयले ३६ लाख ९० हजार रुपैयाँ बजेट विनियोजन गरी आइतबारदेखि हरेक घरधुरीलाई ग्याँस सिलिन्डर, ग्याँस चुल्हो ,त्यसमा लाग्ने रेगुलेटरसहितको पाइप र लाइटर वितरण गर्न सुरु गरेको हो । वडा नम्बर ५ मा कूल घरधुरीको संख्या ५ सय ५ रहेको छ ।

आइतबार पहिलोदिन सतवरीयामा एक कार्यक्रमको आयोजना गरि वडावासीलाई ग्याँस चुल्हो र सिलिण्डरसहितको सेट वितरण गरिएको वडाध्यक्ष महेन्द्र महतोले बताए ।

वडाध्यक्ष महतो र नगरपालिकाका मेयर प्रद्युमन प्रसाद चौहानको प्रमुख आतिथ्यतामा आइतबार भएको कार्यक्रममा पूर्वमेयर दीपनारायण प्रसाद रौनियार, नेकपा एमाले पोखरिया नगर कमिटी अध्यक्ष विद्यान्चल ठाकुर ,एमालेका क्षेत्रीय अध्यक्ष राजेश्वर प्रसाद रौनियार लगायतकोपनि उपस्थिती थियो ।

 

Related posts

बिन्दवासिनी गाउँपालिकामा पनि पुग्याे राष्ट्रिय भूमी आयाेग

MadhesKhabar

महिलावादी ईतिहास सम्बन्धि फाेटाे प्रदर्शनी वीरगन्जमा आयाेजना हुँदै

MadhesKhabar

जीतपुरसिमरा उपमहानगरका पुर्व मेयर पाैडेल मृत फेला

MadhesKhabar

Leave a Comment