Madhes Khabar
स्थानिय

पोखरियाको सतवरीयामा ५०५ घरपरिवारलाई सिलिण्डरसहितको ग्याँस चुल्हो वितरण

वीरगन्ज, ८ पुष : पर्साको पोखरिया नगरपालिका वडा नम्बर ५ मा वडा कार्यालयले सिलिण्डरसहितको ग्याँस चुल्हो वितरण गरेको छ ।
वडालाई धुवाँ मुक्त वडा बनाउने योजना अन्तर्गत वडा कार्यालयले ३६ लाख ९० हजार रुपैयाँ बजेट विनियोजन गरी आइतबारदेखि हरेक घरधुरीलाई ग्याँस सिलिन्डर, ग्याँस चुल्हो ,त्यसमा लाग्ने रेगुलेटरसहितको पाइप र लाइटर वितरण गर्न सुरु गरेको हो । वडा नम्बर ५ मा कूल घरधुरीको संख्या ५ सय ५ रहेको छ ।

आइतबार पहिलोदिन सतवरीयामा एक कार्यक्रमको आयोजना गरि वडावासीलाई ग्याँस चुल्हो र सिलिण्डरसहितको सेट वितरण गरिएको वडाध्यक्ष महेन्द्र महतोले बताए ।

वडाध्यक्ष महतो र नगरपालिकाका मेयर प्रद्युमन प्रसाद चौहानको प्रमुख आतिथ्यतामा आइतबार भएको कार्यक्रममा पूर्वमेयर दीपनारायण प्रसाद रौनियार, नेकपा एमाले पोखरिया नगर कमिटी अध्यक्ष विद्यान्चल ठाकुर ,एमालेका क्षेत्रीय अध्यक्ष राजेश्वर प्रसाद रौनियार लगायतकोपनि उपस्थिती थियो ।

 

Related posts

महानगरका ग्रामिण वडाको विकास मेरो प्राथमिकतामा छ : मेयर सिंह

MadhesKhabar

ठोरी गाउँपालिकाका भूमिहीन दलित र सुकुम्बासीलाइ दिने जग्गाको नापजाँच सुरु

MadhesKhabar

बारामा टिपरकाे ठक्करबाट पूर्व अनुसन्धान अधिकृतकाे मृत्युु

MadhesKhabar

Leave a Comment