Madhes Khabar
पर्यटन हेडलाइन

‘घुम्न आउनुस् मधेस’ अभियान बाराबाट सुरु

बारा,१०जेष्ठ: के छैन मधेससँग ? पर्यटकले खोज्ने र घुम्न चाहने जानकी मन्दिर, छिन्नमस्ता भगवती, गढीमाईजस्ता सयौं ऐतिहासिक तथा धार्मिक मठमन्दिर छन् ।

पर्यटकलाई लोभ्याउने थरीथरीका संस्कृति अनि प्राकृतिक चुरे छटा र पहाड पर्वत छन् । हेर्दै जिब्रो रसाउने थरीथरीका परिकार चाख्न पाइन्छ । तर, मधेसको वैभव र निधि गुमनाम जस्तै छ । यसैलाई प्रचारप्रसार गर्न ‘घुम्न आउनूस् मधेस’ भन्ने अभियान थालिएको छ । स्थानीय स्तरबाट बाराको पर्सा राष्ट्रिय निकुञ्जबाट मधेसलाई चिनाउने अभियानको थालनी हो ।

आइतबार बारामा अन्तक्र्रिया तथा भ्रमण कार्यक्रमको आयोजना गर्दै होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशले अभियानको सुरुवात गरेको हो । ‘मधेसमा किन पर्यटक आउने, केका लागि आउने ? के छ त मधेससँग ? यसको प्रश्नको उत्तर दिँदै विश्वका पर्यटकलाई मधेस घुम्न निमन्त्रणा गर्न थालेका छौं । यसलाई अभियानकै रूपमा अघि बढाएका छौं ।’होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका अध्यक्ष हिरालाल गाैतमले भने।

मधेस प्रदेशमा आएका बाह्य तथा आन्तरिक पर्यटकलाई बस्न सानादेखि पाँचतारे होटल खुलेको उनले बताए । मधेस प्रदेशमा १ हजार ५ सयभन्दा बढी होटल, रेस्टुराँ छन् ।’ अभियानले मधेसका पुरातात्विक, ऐतिहासिक, धार्मिक, मठमन्दिर तथा प्राकृति सौन्दर्यको संरक्षण, सम्बद्र्धन र विकासका लागि बहस–पैरवी गरिरहेको छ । अन्नपूर्ण पोस्ट्ले देशभरिका एक हजार पर्यटन क्षेत्रबारे प्रकाशन गरेको खोजमूलक सामग्रीले अभिायनमा निकै सहयोग गरेको महासंघका अध्यक्ष गौतमले जनाए ।

महासंघले पहिलो चरणमा मधेस प्रदेशमा आठवटै जिल्लाका ५/५ धार्मिक तथा प्राकृतिक स्थलको संरक्षण, सम्बद्र्धन र विकासका लागि अभियान चलाएको छ ।

महोत्तरीका जलेश्वरनाथ महादेव मन्दिर, रौजा मजार, टुटेश्वर महादेव मन्दिर, पञ्चधुरामाई मन्दिर र कालापानी पार्क (उद्यान) छनौट गरिएको छ । सप्तरीको कंकालिनी माई मन्दिर, सकरा भगवती, सिरहाका सहलेस फूलबारी, उत्तरायणी कमला सूचीमा छन् । त्यसैगरी धनुषाका धनुषाधाम, सर्लाहीका बागमती ताल र सागरनाथ वन विकास परियोजना, चन्द्रनगरस्थित नाढीमन ताल, रौतहटका नुनथर र जंगे झरना, बाराको गढीमाई मन्दिर र आधिभारस्थित पर्सा राष्ट्रिय निकुञ्ज र पर्साका भिसवाडाँडा र शंकराचार्यद्वार लगायतका स्थान छन् ।

पर्यटकलाई खानाले नै लोभ्याउँछ । मधेसको रैथाने खाना र खाजाको स्वाद चखाउनका लागि सडक खाना महोत्सव पनि आयोजन गरिँदै आएको छ । महोत्तरीबाट सडक खाना महोत्सव सुरु गरिएको थियो भने बाराबाट घुम्न आउनु भन्ने अभियान सुरु गरिएको हो ।साभार:अन्नपूर्ण पाेष्ट

Related posts

वीरगन्जबासीको पर्वका रुपमा स्थापित हुदैं ‘गहवामाई रथ यात्रा’ (फोटो फिचर)

MadhesKhabar

प्रभु हस्पिटलको स्थापना दिवसमा वीरगन्ज कारागारका १ सय ५८ कैदीबन्दीले गरे रक्तदान

MadhesKhabar

एमालेका गुप्ताले जितेको ३ दिन पछि पाए प्रमाणपत्र , भन्छन् : सत्यको जित भएरै छाड्यो

MadhesKhabar

Leave a Comment