Madhes Khabar
खेलकुद

पञ्जाबलाई हरायाे हैदराबादले

वीरगन्ज,६जेष्ठ:भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)क्रिकेट अन्तरगत आफ्नो लिग चरणको अन्तिम खेलमा सनराइजर्स हैदराबादले जित दर्ता गरेको छ । आइतबार भएको खेलमा पञ्जाब किंग्सविरुद्ध हैदराबादले चार विकेटको जित दर्ता गरेको हो । जितसँगै हैदराबाद शीर्ष दुईमा रहेर क्वालिफायर खेल्ने सम्भावना बलियो बनेको छ ।

पञ्जाबले दिएको २१५ रनको लक्ष्य हैदराबादले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि ओपनर अभिषेक शर्मा २८ बलमा ५ चौका र ६ चौकासहित सर्वाधिक ६६ रन बनाए ।

त्यस्तै हेनरिक क्लासेन ४२, राहुल त्रिपाठी ३३ र नितेश कुमार रेड्डी ३७ रनमा आउट भए । पञ्जाबका लागि अर्शदीप सिंह र हर्षल पटेलले २–२ विकेट लिए ।

त्यसअघि राजिव गान्धी इन्टरनेशल स्टेडियममा भएकाे खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको पञ्जाबले २० ओभरमा ५ विकेट गुमाउँदै २१४ रन बनाएको थियो । उसका लागि ओपनर प्रभशिम्रन सिंहले ४५ बलमा ७ चौका र ४ छक्कासहित सर्वाधिक ७१ रन बनाए ।

त्यस्तै थर्व टैडे ४६ तथा जितेश शर्माले ३२ रन बनाए । राइली रोसोउ ४९ रन बनाएका थिए। हैदराबादका लागि टि नटराजनले २ तथा प्याट कमिन्स र विजयकान्थले १–१ विकेट लिए ।

Related posts

यू-१९ विश्वकप क्रिकेट: नेपालले पाकिस्तानलाई दियाे १९८ रनको लक्ष्य

MadhesKhabar

भारतले नेपाललाई दियाे २०३ रनकाे चुनाैती

MadhesKhabar

बंगलादेशलाई हराएपछि पाकिस्तानकाे सेमिफाइनलमा पुग्ने संभावना जिवितै

MadhesKhabar

Leave a Comment