वीरगन्ज,१६असाेज: चीनमा जारी एसियाली खेलकुद अन्तर्गत क्रिकेटको क्वाटर फाइनलमा अहिले भइरहेकाे खेलमा भारतले नेपाललाई २०३ रनकाे चुनाैती दिएकाे छ ।
टस जितेर पहिले व्याटिङ गरेकाे भारतले पुरा २० ओभर खेल्दै ४ विकेटको क्षतिमा २०२ रन बनाएकाे छ ।
भारतका लागि यशश्वी जयसवालले शतक हाने ।उनले ४८ बलमा शतक हानेका हुन् ।रिंकु सिंहले ३७ , शिवम दुबेले २५ र ऋतुराज गायकवाडले २५ रन बनाए ।
बलिङतर्फ नेपालका दिपेन्द्र सिंह ऐरीले २ तथा सन्दिप लामिछाने ,साेमपाल कामीले एक एक विकेट लिएका हुन् ।

