Madhes Khabar
स्वास्थ्य

पटेर्वासुगौली गाँउपालिकाले सञ्चालनमा ल्यायो आफनै एम्बुलेन्स सेवा

वीरगन्ज,४जेष्ठःपर्साको पटेर्वासुगौली गाँउपालिकाले नयाँ एम्बुलेन्स खरिद गरि सञ्चालनमा ल्याएको छ । शुक्रबार गाँउपालिकाका अध्यक्ष दिनेश चौधरीले उक्त एम्बुलेन्सको पूजापाठ गरेर एम्बुलेन्स सेवाको समुद्घाटन गरेका हुन् ।

गाँउपालिकाकी उपाध्यक्ष ममता महत्तोका अनुसार, पटेर्वासुगौली गाँँउपालिकाका सबै वडामा एम्बुलेन्स सेवा यसअघिदेखि नै उपलब्ध रहेपनि गाँउपालिका आँफैले भने पहिलो पटक नेपाल सरकारको भन्सार राजश्व छुटमा २१ लाख रुपैयाँमा नयाँ एम्बुलेन्स खरिद गरेर शुक्रबारदेखि सञ्चालनमा ल्याएको हो ।

पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ४ सुगौलीमा निर्माणधिन १० शैयाको आधारभूत अस्पताललाई लक्षित गरी गाँउपालिकाले आफनै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको गाँउपालिका उपाध्यक्ष महत्तोले बताइन् ।उनका अनुसार, सुगौलीमा निर्माणधिन १० शैयाको आधारभूत अस्पतालको निर्माण कार्य यहि जेष्ठमहिनाभित्रै सम्पन्न गरेर सञ्चालनमा ल्याउने तयारी छ ।

शुक्रबारदेखि गाँउपालिकाले सञ्चालनमा ल्याएको एम्बुलेन्सको सेवाका लागि न्युनतम शुल्क मात्र लिइने बताउँदै गाँउपालिका अध्यक्ष चौधरीलले त्यसको दररेट पालिकाको आगामी बोर्ड बैठकबाट तय गरिने जानकारी दिए ।

शुक्रबारदेखि गाँउपालिकाले सञ्चालनमा ल्याएको एम्बुलेन्सको सेवाका लागि चालकको मोबाइल नम्बर ९८५४०७८३३३ र ९८१२२६२३९६ रहेको अध्यक्ष चौधरीले जानकारी दिए ।

Related posts

वीरगञ्जमा बुधबार ५ जनामा कोरोना संक्रमण पुष्टि

MadhesKhabar

नारायणी अस्पतालबाट हाल १४ सय बढी एचआइभी संक्रमितले नियमित सेवा लिदैं

MadhesKhabar

खुल्ला ठाँउमा खानेकुराको बिक्रीमा रोक्न लगाउन वीरगन्ज महानगरलाई सरोकारवालाहरुको सुझाव

MadhesKhabar

Leave a Comment