Madhes Khabar
अर्थतन्‍त्र

भारतीय मालवाहक गाडीलाई २४ घण्टाका लागिमात्र अनुमती दिनुपर्ने वीरगन्जका व्यवसायीको माग

वीरगन्ज,१८बैशाखःव्यवसायमा आउने समस्या समाधान सम्बन्धी वीरगन्जमा मंगलबार अन्तरक्रिया गरिएको छ । नेपाल युवा उद्यमी मञ्च (एनवाइईएफ) वीरगन्ज च्याप्टर र जानकी अटोमोबाईल एशोसिएशन अफ नेपाल मधेस प्रदेशको सयुँक्त आयोजनामा ‘सोल्भिंग ट्रेड हर्डल्स’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

एनवाइईएफ वीरगन्जका अध्यक्ष सन्दिप अग्रवालले उद्यमीहरुले भोगीरहेका व्यवहारिक समस्यालाई समाधान गर्ने अभिप्रायले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताए । व्यवसायीसँगै भन्सार प्रशासक र सरोकारवाला बीचको छलफलले समस्या समाधान हुने विश्वासपनि उनले व्यक्त गरे ।

वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि प्रसाद गौतमले व्यवसायीलाई व्यवसाय गर्ने वातावरणको सृजना गरिदिनुपर्नेमा जोड दिए । अर्थतन्त्र धराशायी भएको अवस्थामा व्यवसाय गर्ने वातावरण नहुँदा झनै समस्या पर्न सक्ने उनले बताए। वीरगन्ज नाका क्षेत्रमा व्यवसायीलाई बिनाकारण दुःख दिने प्रवृति रोक्नुपर्ने आवश्यक्ता औँल्याउँदै उनले विधि र प्रक्रिया पुरा गरेर सहज वातावरण बनाईदिएमा राज्यको राजस्वपनि बृद्धि हुने तर्क दिए ।

कार्यक्रममा सहभागीहरुले भारतीय मालवाहक सवारी साधन ७२ घण्टाका लागि अनुमती लिएर आउने व्यवस्थालाई कम गरेर २४ घण्टामा झार्नुपर्ने सुझावपनि दिए । यसले गर्दा यहाँका नेपाली ढुवानी व्यवसायीले काम पाउने उनिहरुको भनाई थियो ।

वीरगन्ज भन्सारका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले भन्सार पास गराउने प्रक्रिया विपरित गएर कुनै पनि काम नगरेको दाबी गरे। कार्यक्रममा सहभागीहरुले राखेका जिज्ञासा प्रति सकारात्मक प्रतिक्रिया दिँदै प्रमुख भन्सार प्रशासक पन्थीले व्यवहारिक समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै भन्सार मूल्यांकनका बारेमा अस्पष्ट विषयलाई पनि प्रस्ट पारे ।

कार्यक्रममा भन्सार अधिकृत बालकृषण् दाहाल, नेपाल युवा उद्यमी मञ्च वीरगन्जका पूर्व अध्यक्ष अनुप अग्रवालसँगै एनवाइईएफ वीरगन्जका पदाधिकारी, सदस्य एवम् जानकी अटोमोवाईल एशोसिएशन संघ मधेश प्रदेशका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।

जानकी अटोमोबाईल एशोसिएशन नेपाल मधेश प्रदेशका उपाध्यक्ष राहुल अग्रवालले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण एनवाइईएफ वीरगन्जका सदस्य आशु कुमार सर्राफले गरेका थिए ।

Related posts

वीरगन्ज नाकाबाट सवारीसाधनको आयात घट्यो

MadhesKhabar

लामो समयको प्रतिक्षापछि सञ्चालनमा आउने भयो ‘ठोरी छोटी भन्सार’

MadhesKhabar

साउन लागेसँगै वीरगन्जमा घट्याे कुखुराकाे मासुकाे मूल्य

MadhesKhabar

Leave a Comment