Madhes Khabar
अन्तर्राष्ट्रिय

पटनाको होटलमा आगलागी हुदाँ ६ जनाको मृत्यु, ३८ जना घाइते

काठमाडौं,१३बैशाखःभारतको बिहार प्रान्तको राजधानी पटनाको एक होटलमा बिहीबार भएको भीषण आगलागीमा परेर ६ जनाको मृत्यु भएको छ । ३८ जना घाइते भएका छन् ।

पटना सिटीका एसपी चन्द्र प्रकाशले ६ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । मृत्यु हुनेमा तीन महिला र तीन पुरुष रहेका छन् । पटना रेल्वे स्टेशन नजिकै रहेको पाल होटल कम रेष्टुरेन्टमा ग्याँस सिलिन्डर विस्फोट भएर आगलागी भएको बताइएको छ । प्रहरीका अनुसार दुई जनाको घटनास्थलमै र चार जनाको उपचारको क्रममा मृत्यु भएका

होटलमा आगलागीपछि ४५ जनाको उद्धार गरी बाहिर निकालिएको छ भने ३८ जनाको पटनाको पीएमसी हस्पिटलमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Related posts

भारतले सूर्यको अध्ययन गर्न ‘आदित्य एल-१’ अन्तरीक्षयान शनिबार प्रक्षेपण गर्ने

MadhesKhabar

दिल्लीका मुख्यमन्त्री केजरिवाललाई थप १५ दिन थुनामा राख्न अदालतको आदेश

MadhesKhabar

कश्मिरमा आतंककारीसंगको भीडन्तमा मारिए सेनाका कर्नेल, मेजर र प्रहरीका डिएसपी

MadhesKhabar

Leave a Comment