Madhes Khabar
अन्तर्राष्ट्रिय

पटनाको होटलमा आगलागी हुदाँ ६ जनाको मृत्यु, ३८ जना घाइते

काठमाडौं,१३बैशाखःभारतको बिहार प्रान्तको राजधानी पटनाको एक होटलमा बिहीबार भएको भीषण आगलागीमा परेर ६ जनाको मृत्यु भएको छ । ३८ जना घाइते भएका छन् ।

पटना सिटीका एसपी चन्द्र प्रकाशले ६ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । मृत्यु हुनेमा तीन महिला र तीन पुरुष रहेका छन् । पटना रेल्वे स्टेशन नजिकै रहेको पाल होटल कम रेष्टुरेन्टमा ग्याँस सिलिन्डर विस्फोट भएर आगलागी भएको बताइएको छ । प्रहरीका अनुसार दुई जनाको घटनास्थलमै र चार जनाको उपचारको क्रममा मृत्यु भएका

होटलमा आगलागीपछि ४५ जनाको उद्धार गरी बाहिर निकालिएको छ भने ३८ जनाको पटनाको पीएमसी हस्पिटलमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Related posts

फ्रान्सको प्रधानमन्त्रीमा ३४ वर्षका गेब्रियल नियुक्त

MadhesKhabar

भारतले पठाएकाे चन्द्रयान-३ सफलतापूर्वक चन्द्रमाकाे कक्षमा प्रवेश

MadhesKhabar

पाकिस्तानमा बसमा आगो लाग्दा २० जनाको मृत्यु

MadhesKhabar

Leave a Comment