Madhes Khabar
अन्तर्राष्ट्रिय प्रविधि

भारतले सूर्यको अध्ययन गर्न ‘आदित्य एल-१’ अन्तरीक्षयान शनिबार प्रक्षेपण गर्ने

काठमाडौं ,११भदाैं: भारतले आगामी शनिबार सूर्यको अध्ययन गर्नका लागि ‘आदित्य-१’ नामक अन्तरीक्षयान पठाउने भएको छ । इन्डिया स्पेस अर्गनाइजेसन (इसरो)ले आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरीक्ष केन्द्रबाट स्थानीय समयअनुसार शनिबार बिहान ११ बजेर ५० मिनेटमा ‘आदित्य एल-१’ प्रक्षेपण गर्ने जनाएको हो ।

गत बुधबार मात्रै भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान-३ अवतरण गराएको थियो । चन्द्रमामा सफलतापूर्वक यान अवतरण गर्ने अमेरिका, रुस र चीनपछि भारत चौथो देश बनेको छ । भारत दक्षिणी ध्रुवमा यान अवतरण गराउने पहिलो देशसमेत बनेको छ ।

आदित्य एल-१ अन्तरिक्ष यानले सूर्यको कोरोना, सौर्य आँधी र म्याग्नेटिक फिल्ड्सका बारेमा अध्ययन गर्नेछ । आदित्य एल-१ को प्रारम्भिक उद्धेश्य सूर्यको प्राकृतिक गतिशीलताको अध्ययन र त्यसले अन्तरिक्षको मौसममा पार्ने प्रभाव रहेको छ । कोरोनाको अध्ययनबाट सूर्यमा हुने विस्फोट, लप्का तथा अन्य घटनाहरू जसले सञ्चार प्रणाली, भू-उपग्रहको सञ्चालन तथा पृथ्वीको ऊर्जा प्रसारण लाइनमा पार्ने प्रभावको बारेमा थप जानकारी प्राप्त हुने अपेक्षा लिइएको छ ।

उक्त यानलाई पृथ्वीबाट करिब १५ लाख किलोमिटर टाढा रहेको ‘एल-१’ प्वाइन्टमा राख्ने तयारी छ । यो स्थानमा राखिने यानले पृथ्वीको कुनै प्रकारको छायाँबिना निरन्तर रूपमा सूर्यको परिक्रममा गर्न सक्छ ।साभार:ईकान्तिपुरबाट

Related posts

बंगलादेशको सरकार प्रमुखमा नोबेल पुरस्कार विजेता युनुस नियुक्त

MadhesKhabar

वीरगञ्ज महानगरको शिक्षा शाखा प्रमुखलाई विद्यार्थीले कार्यकक्षमै थुने

MadhesKhabar

बाल अस्पतालमा आक्रमण, २० भन्दा बढीको मृत्यु

MadhesKhabar

Leave a Comment