Madhes Khabar
अन्तर्राष्ट्रिय

भाजपा खुम्चियो २४० सिटमा, सरकार बनाउन गठबन्धनको भर

काठमाडौं,२३जेष्ठ:भारतको लोकसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ ।जस अनुसार भारतीय जनता पार्टी (भाजप) नेतृत्वको एनडीए गठबन्धनले २९२ र कांग्रेस आई नेतृत इन्डिया गठबन्धनले २३४ सिट प्राप्त गरेका छन् ।

जसमा भारतीय जनता पार्टी (भाजपा)सबैभन्दा ठूलो दल बनेको छ । भाजपाले २४० सिट जितेको छ । यस अघि सन् २०१९ को निर्वाचनमा ३०३ सिट जितेको भाजपा यस पटक २४० सिटमा समेटिएर एकल बहुमत गुमाएको छ ।

भाजपा एक्लै बहुमतबाट चुकेपनि भाजपा नेतृत्वको एनडीए गठबन्धनले भने बहुमत ल्याएको छ ।

एनडीए अन्तर्गतको तेलगु देशम पार्टीले १६ सिट जितेको छ भने जनता दल युनाइटेडले १२ सिट जितेको छ । एनडीए अन्तर्गतका अन्य दलले २४ सिट जितेका छन् ।

अब एनडीए घटक दलमा तेलंगानाका नेता चन्द्रबाबु नायडु र बिहारका नितिश कुमार निर्णायक बनेका छन् ।

त्यस्तै यस निर्वाचनमा कांग्रेस आई ९९ सिटमा जित हासिल गरेर दोस्रो ठूलो दल बनेको छ । यसअघि सन् २०१९ को निर्वाचनमा कांग्रेस आईले ५२ सिट जितेको थियो ।

त्यस्तै समाजवादी पार्टी उत्तर प्रदेशमा ३७ सिट जितेर तेस्रो ठूलो दल बनेको छ । अघिल्लो निर्वाचनमा उसले केवल ५ सिट जितेको थियो ।

त्यस्तै पश्चिम बंगालमा ममता बेनर्जी नेतृत्वको त्रिणमूल कांग्रेस २९ सिट जितेर संसदमा चौथो ठूलो दल बनेको छ । यसैगरी डिएमके पार्टीले २२ सिट जितेको छ । इन्डिया गठबन्धनमा रहेका अन्य दलले ४७ सिटमा जित हासिल गरेका छन् ।

यस्तै, एनडीए र इन्डिया गठबन्धनबाहेक विभिन्न दलले १७ सिट जितेका छन् । ५४३ सदस्यीय भारतीय लोकसभामा बहुमतका लागि २७२ सिट आवश्यक पर्दछ ।

एनडीए र इन्डिया गठबन्धनमा २४–२४ दल आबद्ध छन् ।सनभार:खबरहब

Related posts

दिल्लीकी मुख्यमन्त्री आतिशीले लिइन् शपथ

MadhesKhabar

इजरायलमा भएकाे आक्रमणमा ९ नेपाली घाइते, २ काे अवस्था गम्भीर

MadhesKhabar

भारतले पाकिस्तानमा ३६ घण्टाभित्र आक्रमण गर्नसक्ने

MadhesKhabar

Leave a Comment