Madhes Khabar
अन्तर्राष्ट्रिय

गर्मीका कारण भारतको उत्तर प्रदेशमा ५१ जनाको मृत्यु

Photo by Sunil Ghosh/Hindustan Times

नयाँ दिल्ली : भारतमा गर्मीका कारण दिनहुँ मृत्युका कयौं घटना बाहिर आइरहेका छन् । उत्तर प्रदेशमा बुधबार एकै दिन गर्मीका कारण ५१ जनाको मृत्यु भएको छ ।उत्तर प्रदेशको बुन्देलखण्डमा अत्यधिक गर्मीका कारण ३१ जनाको ज्यान गएको छ । जसमा महोबामा ८ जनाको, हमीरपुरमा ७७ जनाको,चित्रकूटमा ६ जनाको , फतेहपुरमा ५ जनाको, बान्दामा ३ जनाको र जलौनमा २ जनाको मृत्यु भएको छ ।

मृतकहरूमध्ये अधिकांश कुनै कामको लागि घर बाहिर निस्कँदा बाटोमा बेहोस भएका थिए । अस्पताल पुग्नुअघि नै उनीहरुको मृत्यु भइसकेको थियो । बहराइचको नानपारा र कैसरगञ्ज तहसिल क्षेत्रमा गर्मीका कारण २ जनाको मृत्यु भएको छ । यस्तै प्रयागराजमा एक प्रहरी सहायक निरीक्षकसहित ४ जनाको मृत्यु भएको छ ।

ग्रेटर नोएडामा मेरठका एक वृद्धको गर्मीले मृत्यु भएको छ । बलियामापनि एक महिलाको मृत्यु भएको छ । वाराणसीमा ६ जनाको, मिर्जापुरमा ३ जनाको, आजमगढ, जौनपुर र सोनभद्रमा १–१ जनाको मृत्यु भएको बताइएको छ । यी सबैको मृत्यु हिटस्ट्रोकका कारण भएको हुनसक्ने आशंका गरिएको छ । मृत्युको वास्तविक कारण पोस्टमार्टमपछि मात्र खुल्ने बताइएको छ ।साभारः रातोपाटीबाट

 

 

 

Related posts

इजरायल-हमास युद्धमा २२ जना पत्रकारको मृत्यु ,कैंयन बेपत्ता

MadhesKhabar

भारतकाे जम्मु-कश्मीरमा तीर्थयात्री बोकेको बसमा आक्रमण : ९ जनाको मृत्यु, ३३ घाइते

MadhesKhabar

भारतमा पटाका कारखानामा विस्फोट हुदाँ ७ जनाकाे मृत्युु

MadhesKhabar

Leave a Comment