Madhes Khabar
अन्तर्राष्ट्रिय

बिहारमा विषाक्त मदिरा सेवनबाट ८ जनाकाे मृत्युु

फाइल फाेटाे

काठमाडौं ,११ माघ : भारतको पूर्वी राज्य बिहारमा विषाक्त मदिरा सेवनबाट ८ जनाको मृत्यु भएको छ । मंगलबार विषाक्त मदिरा पिएकामध्ये छ जनाले आँखाको ज्योति गुमाएका अल इण्डिया रेडियोले जनाएको छ ।

सुरुमा बिहारको राजधानी पटनाबाट करिब एक सय सात किलोमिटर उत्तरपश्चिममा रहेको सिवान जिल्लाको लकरी नबगञ्जमा विषाक्त मदिरा पिएर एक जनाको मृत्यु भएको खबर आएको थियो । बिरामी परेका १४ जनाको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने सरकारी प्रसारणमा जनाइएको थियो । मदिरापानबाट बिरामी भएकामध्ये ११ जनालाई पटना मेडिकल कलेज अस्पताल र तीन जनालाई गोरखपुर अस्पतालमा भर्ना गरिएको थियो।

हात निर्मलीकरण गर्ने स्यानिटाइजर बनाउने बहानामा कोलकाताबाट ल्याइएको ‘स्पिरिट’बाट नक्कली मदिरा उत्पादन गरिएको बिहारका अतिरिक्त प्रहरी महानिर्देशक जेएस गङ्गबारले बताएका छन्। विषाक्त मदिरा बिक्री गरेको अभियोगमा १६ जनालाई पक्राउ गरिएको छ ।

विषाक्त मदिरा बेचविखनविरुद्ध अनुगमन नगरेको आरोपमा दुई जना अधिकारीलाई निलम्बन गरिएको छ । गत महिना विषाक्त मदिरा सेवनबाट बिहारको शारण जिल्लामा ९० जनाले ज्यान गुमाएका थिए । साभार:अन्नपूर्ण पाेष्ट

Related posts

सबै धर्म प्रति समान व्यवहार गर्छौ : भाजपा

MadhesKhabar

भारतको पटनाबाट उडेको विमानमा आगलागि

MadhesKhabar

एयर इण्डिया विमान दुर्घटनामा बाँचेका एकमात्र यात्रु विश्वास कुमार के भन्छन् ?…

MadhesKhabar

Leave a Comment