Madhes Khabar
अन्तर्राष्ट्रिय

कश्मिरमा आतंककारीसंगको भीडन्तमा मारिए सेनाका कर्नेल, मेजर र प्रहरीका डिएसपी

काठमाडौं,२८भदौंः भारतको जम्मु–कश्मिरमा बुधबार भएको एक भीडन्तमा परी भारतीय सेनाका कर्नेल, मेजर र जम्मु–कश्मिर प्रहरीका डिएसपीको मृत्यु भएको छ।

टाइम्स अफ इन्डियाका अनुसार बुधबार बिहानै सर्च अपरेसनका क्रममा अनन्तनाग जिल्लामा उग्रवादी र सुरक्षाकर्मीबीच भीडन्त भएको थियो।

भीडन्तका क्रममा कर्नेल मनप्रित सिंह, मेजर आशिष धोचक र डिएसपी हुमायू भट्टलाई गोली लागेको थियो। उपचारको क्रममा अस्पतालमा उनीहरूको मृत्यु भएको हो।

बुधबारको घटनाको जिम्मेवारी प्रतिबन्धित समूह रेजिस्टेन्स फ्रन्टले लिएको छ।जम्मु–कश्मिर प्रहरीले बिहीबार उग्रवादी समूह लश्कर–ए–तैयबाका दुई जनालाई घेरा हालिएको जनाएको छ।साभार : सेतोपाटीबाट

Related posts

भारतमा कांग्रेस नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय

MadhesKhabar

गाजा सीमा नजिकका सबै सहरलाई कब्जामा लिएको इजरायली सेनाकाे दाबी

MadhesKhabar

जेलबाट दिल्लीका मुख्यमन्त्री केजरीवालको सन्देश : म छिट्टै बाहिर आउनेछु

MadhesKhabar

Leave a Comment