Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतकाे उत्तराखण्डमा सवारी दुर्घटनामा परि ४ नेपालीकाे मृत्यु

फाइल फाेटाे

कञ्चनपुर,२८जेष्ठ : कञ्चनपुर जिल्लाकाे सीमावर्ती भारतीय बजार बनबासा नजिकै सडक दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । भारत उत्तराखण्डको बनबासा–खटीमा सडकखण्ड अन्तर्गत चकरपुरमा शनिबार मध्याह्न कार र दुई स्कुटर ठोक्किँदा स्कुटरमा सवार चार जना नेपालीको मृत्यु भएको हो ।

 

भीमदत्त नगरपालिका–२ उल्टाखाम र भारत उत्तराखण्डको उद्यमसिंहनगर जिल्ला अन्तर्गत खटीमा नजिकै मुडेलीमा गरी दोहोरो बसोबास भएका ६० वर्षीय नेमबहादुर चन्द, उनकी श्रीमती ५६ वर्षीया सरस्वती, बुहारी २७ वर्षीया नर्मदा र ४२ वर्षीया भाइ–बुहारी कल्पना चन्दको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

उनीहरु सबै कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाममा पूजापाठ सकेर मुडेलीतर्फ फर्किरहेका थिए । २ वटा स्कुटरमा गइरहेका उनीहरु चकरपुरमा कारसँग ठोक्किएका हुन् । दुर्घटनामा परेर घाइते भएका उनीहरुलाई अस्पताल पुर्‍याउने बित्तिक्कै मृत घोषणा गरिएको थियो ।

विभिन्न सञ्चारमाध्यमबाट घटनाबारे जानकारी प्राप्त भए पनि आधिकारिक रुपमा केही जानकारी नआएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले बताए ।साभार:इकान्तिपुर

Related posts

भारतीय प्रधानमन्त्री मोदीको तेस्रो कार्यकाल सुरु, राष्ट्रपतिले गराइन् शपथ

MadhesKhabar

पाकिस्तानको मस्जिदमा बम विस्फोट, २८ जनाको मृत्यु

MadhesKhabar

गुजरातकाे फन पार्कमा भीषण आगलागी हुदाँ २४ जनाकाे मृत्यु

MadhesKhabar

Leave a Comment