Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदीको तेस्रो कार्यकाल सुरु, राष्ट्रपतिले गराइन् शपथ

काठमाडौं,२७जेष्ठ:भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शपथ ग्रहण गरेका छन्। भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले आइतबार साँझ नवनियुक्त प्रधानमन्त्री मोदीलाई शपथ ग्रहण गराएकी हुन्।

माेदीले प्रधानमन्त्रीको रुपमा तेस्रो कार्यकाल सम्हालेका छन्। प्रधानमन्त्री मोदीको शपथ ग्रहण लगत्तै उनका मन्त्रिपरिषद्का सदस्यले पनि शपथ लिएका छन्।

 

५४३ सदस्यीय लोकसभाका लागि भएको चुनावपछि गत मंगलबार भएको मतगणनामा भारतीय जानता पार्टी नेतृत्वको एनडीए गठबन्धनलाई २९३ सिट मिलेको थियो। मोदीको दल भाजपा एक्लैले २४० सिट मात्र जितेको हो।

शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार दिउँसो नयाँ दिल्ली गएका थिए ।

मोदीको शपथ ग्रहण कार्यक्रममा विदेशी पाहुनासहित उल्लेख्य सहभागिता रहेको बताइएको छ।

Related posts

नेपालीभाषीलाई ’विदेशी’ भनेपछि आज सिक्किम बन्द

MadhesKhabar

भारतले भन्यो : अब पाकिस्तानमा जमिन र हवाई आक्रमण हुँदैन

MadhesKhabar

पाकिस्तानमा तीर्थयात्री बोकेको ट्रक दुर्घटना हुदाँ १७ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment