Madhes Khabar
Uncategorized

वीरगन्जमा बैशाख १० देखि राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगीता

वीरगन्ज,८बैशाख: वीरगन्जमा पहिलो पटक राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगीता आयोजना हुदैछ । यही बैशाख १० गतेदेखि १२ गतेसम्म मुनलाईट युथ एण्ड क्याडेट नेशनल चेस च्याम्पियनशिप आयोजना हुन लागेको हो ।

नेपाल बुद्धिचाल महासंघ ,पर्सा जिल्ला बुद्धिचाल संघ र मुनलाईट मा.वि.को मुख्य आयोजना र नेशनल ईन्फोटेक कलेजको सहआयोजनामा प्रतियोगीता हुन लागेको टुर्नामेन्ट निर्देशक सुलभ केसीले शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

पर्सा जिल्ला बुद्धिचाल संघका सदस्यसमेत रहेका केसीकाअनुसार यही बैशाख १० गते बिहान १० बजेदेखि क्लासिक बैंक्वेटमा प्रतियोगीता आयोजना हुनेछ । बुद्धिचालप्रति अभिरुची जागृत गराउनुका साथै कुशल बुद्धिचाल खेलाडी उत्पादने गर्ने अभिप्रायले प्रतियोगीता आयोजना गर्न लागिएको उनको भनाई छ ।

नेपाल बुद्धिचाल महासंघका पूर्व केन्द्रीय सचिव रामकिशोर सिंह (पराग) का अनुसार प्रतियोगीतामा देशैभरका एक सय भन्दा बढी प्रतिस्पर्धीहरुको सहभागिता रहनेछ । प्रतियोगीतामा सहभागीलाई ६ वटा उमेर समूहमा विभाजन गरिएको छ । ८ वर्ष मुनी, १० वर्ष मुनी, १२ वर्ष मुनी, १४ वर्ष मुनी, १६ वर्ष मुनी र १८ वर्ष मुनीको उमेर समूहको आधारमा प्रतियोगीता सञ्चालन हुने परागले बताए ।

६ वटै समूहका विजेताहरुले आगामी जुन ९ देखि २१ सम्म काजिकस्तानमा हुने २७ औँ एसियन युथ चेस च्याम्पियनशिपमा नेपालको तर्फबाट सहभागिता जनाउने वीरगन्ज महानगरपालिका वडा नम्बर २० का वडाअध्यक्ष समेत रहेका परागले बताए ।

साथै समूहगत विजेतालाई ट्रफी, मेडल र डिजिटल प्रमाणपत्र प्रदान गरिनेछ । सहभागीहरुलाई ३ दिनसम्म खाना तथा बस्नको व्यवस्था पनि आयोजकले नै गरेको छ । प्रतियोगीता सञ्चालन गर्न करिब १० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

प्रतियोगीतालाई सफल बनाउन वीरगन्ज महानगरपालिका, प्याब्सन पर्सा, प्याब्सन वीरगञ्ज, वीरगञ्ज युवा समाज, एम्स इन्सिच्युट, क्वेष्ट फर्मा, टेराबाईट सफ्टवेयर, ब्युटिफुल स्माईल डेन्टल लगायतले सहयोग गरेका छन् । यसअघि गत वर्ष पुषमा पनि वीरगन्जको मुनलाईट माविले वृहत स्तरको बुद्धिचाल प्रतियोगीता आयोजना गरेको थियो ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, कोषाध्यक्ष सञ्जिव मिश्र, नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादव लगायतको उपस्थिती रहेको थियो ।

Related posts

भन्सार छली ल्याएका कम्प्युटर पार्टसहरु बरामद।

MadhesKhabar

वीरगन्जका सबै विद्यालयमा बिहानी कक्षा सञ्चालन गर्न महानगरको निर्देशन

MadhesKhabar

होलीको उपलक्ष्यमा वीरगन्जमा आयोजित रक्तदान कार्यक्रममा ४८ जनाले गरे रगतदान

MadhesKhabar

Leave a Comment