Madhes Khabar
Uncategorized

वीरगन्जमा बैशाख १० देखि राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगीता

वीरगन्ज,८बैशाख: वीरगन्जमा पहिलो पटक राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगीता आयोजना हुदैछ । यही बैशाख १० गतेदेखि १२ गतेसम्म मुनलाईट युथ एण्ड क्याडेट नेशनल चेस च्याम्पियनशिप आयोजना हुन लागेको हो ।

नेपाल बुद्धिचाल महासंघ ,पर्सा जिल्ला बुद्धिचाल संघ र मुनलाईट मा.वि.को मुख्य आयोजना र नेशनल ईन्फोटेक कलेजको सहआयोजनामा प्रतियोगीता हुन लागेको टुर्नामेन्ट निर्देशक सुलभ केसीले शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

पर्सा जिल्ला बुद्धिचाल संघका सदस्यसमेत रहेका केसीकाअनुसार यही बैशाख १० गते बिहान १० बजेदेखि क्लासिक बैंक्वेटमा प्रतियोगीता आयोजना हुनेछ । बुद्धिचालप्रति अभिरुची जागृत गराउनुका साथै कुशल बुद्धिचाल खेलाडी उत्पादने गर्ने अभिप्रायले प्रतियोगीता आयोजना गर्न लागिएको उनको भनाई छ ।

नेपाल बुद्धिचाल महासंघका पूर्व केन्द्रीय सचिव रामकिशोर सिंह (पराग) का अनुसार प्रतियोगीतामा देशैभरका एक सय भन्दा बढी प्रतिस्पर्धीहरुको सहभागिता रहनेछ । प्रतियोगीतामा सहभागीलाई ६ वटा उमेर समूहमा विभाजन गरिएको छ । ८ वर्ष मुनी, १० वर्ष मुनी, १२ वर्ष मुनी, १४ वर्ष मुनी, १६ वर्ष मुनी र १८ वर्ष मुनीको उमेर समूहको आधारमा प्रतियोगीता सञ्चालन हुने परागले बताए ।

६ वटै समूहका विजेताहरुले आगामी जुन ९ देखि २१ सम्म काजिकस्तानमा हुने २७ औँ एसियन युथ चेस च्याम्पियनशिपमा नेपालको तर्फबाट सहभागिता जनाउने वीरगन्ज महानगरपालिका वडा नम्बर २० का वडाअध्यक्ष समेत रहेका परागले बताए ।

साथै समूहगत विजेतालाई ट्रफी, मेडल र डिजिटल प्रमाणपत्र प्रदान गरिनेछ । सहभागीहरुलाई ३ दिनसम्म खाना तथा बस्नको व्यवस्था पनि आयोजकले नै गरेको छ । प्रतियोगीता सञ्चालन गर्न करिब १० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

प्रतियोगीतालाई सफल बनाउन वीरगन्ज महानगरपालिका, प्याब्सन पर्सा, प्याब्सन वीरगञ्ज, वीरगञ्ज युवा समाज, एम्स इन्सिच्युट, क्वेष्ट फर्मा, टेराबाईट सफ्टवेयर, ब्युटिफुल स्माईल डेन्टल लगायतले सहयोग गरेका छन् । यसअघि गत वर्ष पुषमा पनि वीरगन्जको मुनलाईट माविले वृहत स्तरको बुद्धिचाल प्रतियोगीता आयोजना गरेको थियो ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, कोषाध्यक्ष सञ्जिव मिश्र, नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादव लगायतको उपस्थिती रहेको थियो ।

Related posts

पर्साको हरिहरपुरमा आगलागी हुदाँ पाँच घर जलेर खरानी

MadhesKhabar

पटेर्वा सुगौली गाँउपालिकाको बजेट ४१ करोड ,प्राथमिकतामा : कृषि,उद्यम,शिक्षा र स्वास्थ्य

MadhesKhabar

वीरगंज नि:शुल्क रासन बैंकको शाखा कलैयामा पनी संञ्चालन ।

MadhesKhabar

Leave a Comment