Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतको छत्तीसगढमा सुरक्षाकर्मीसंगकाे भिडन्तमा २९ माओवादी विद्रोहीको मृत्यु

काठमाडौं,५बैशाख:भारतको छत्तीसगढमा सुरक्षाकर्मी र माओवादी विद्रोहीबीच भिडन्त हुँदा कम्तिमा २९ जना माओवादी विद्रोहीकाे मृत्युु भएको छ । सुदूरपूर्वी राज्य छत्तीसगढको राजधानी रायपुरको कांकेरमा भिडन्त भएको हो । झडपमा तीन जना सुरक्षाकर्मी पनि घाइते भएकाे बस्तर जिल्लाका प्रहरी महानिरीक्षक सुन्दरराज पट्टीलिङमले जानकारी दिएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

भारतमा नक्सलवादी भनेर चिनिने र गरिबका लागि लड्दै आएको बताउने माओवादी विद्रोही समूहले सन् १९६७ देखि भूमिगत रूपमा छापामार युद्ध गर्दै आएको छ ।मंगलबार दिउँसो भएको उक्त घटना शुक्रबार अप्रिल १९ तारिखमा लोकसभाका लागि मतदान हुन लागेका बेला भएको हो । विद्रोही माओवादीले चुनाव बहिष्कारको अपिल गर्दै आएको छ ।

Related posts

माेरक्काेमा विनाशकारी भुकम्प : ६३० भन्दा बढीकाे मृत्युु

MadhesKhabar

गुजरातकाे फन पार्कमा भीषण आगलागी हुदाँ २४ जनाकाे मृत्यु

MadhesKhabar

भारतमा पटाका कारखानामा विस्फोट हुदाँ ७ जनाकाे मृत्युु

MadhesKhabar

Leave a Comment