Madhes Khabar
खेलकुद

गुजरातलाई हराउँदै नेपालले जित्यो टि–२० क्रिकेटको उपाधि

काठमाडौं,२५चैतःभारतको गुजरातमा आयोजित एसएमएस फ्रेन्डसिप कप टि–२० क्रिकेटको उपाधि नेपालले जितेको छ । आइतबार भएको फाइनल खेलमा नेपालले गुजरातलाई १८ रनले हराउँदै नेपालले उपाधि जितेको हो ।

नेपालले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन मात्र बनाएपछि उपाधि नेपालको पोल्टामा पुग्यो ।गुजरातका लागि कप्तान उमगं रोहितकुमारले २८ बलमा २ चौका र २ छक्काको सहयोगमा ४० रन बनाए । आर्य देशाईले २४ बलमा ३६ रन बनाए ।बलिङ्तर्फ नेपालका लागि अभिनास बोहोराले तीन तथा दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो ।नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ४७ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ७४ रनको अर्धशतकीय ईनिङ खेले । ओपनर आसिफ शेखले ३४ बलमा २ चौका र १ छक्काको सहयोगमा ३४ रन बनाए ।

कुशल मल्लले १३ बलमा २ चौका र २ छक्काको सहयोगमा अविजित ३१ रन बनाए । कुशल भुर्तेलले २१ बलमा १९ रन बनाए ।बलिङ्तर्फ गुजरातका लागि जयमित पटेल, तेजस पटेल, शन पटेल र जाला युवराजले समान एक एक विकेट लिए ।

 

Related posts

लगातार दुई खेल जित्दै मधेस राष्ट्रिय कबड्डी प्रतियोगिताको सेमिफाइनलमा

MadhesKhabar

पञ्जाबमाथि चेन्नईकाे सानदार जित

MadhesKhabar

फिफा वर्ष खेलाडीको अवार्ड लियोनल मेस्सीलाई

MadhesKhabar

Leave a Comment