Madhes Khabar
खेलकुद

गुजरातलाई हराउँदै नेपालले जित्यो टि–२० क्रिकेटको उपाधि

काठमाडौं,२५चैतःभारतको गुजरातमा आयोजित एसएमएस फ्रेन्डसिप कप टि–२० क्रिकेटको उपाधि नेपालले जितेको छ । आइतबार भएको फाइनल खेलमा नेपालले गुजरातलाई १८ रनले हराउँदै नेपालले उपाधि जितेको हो ।

नेपालले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन मात्र बनाएपछि उपाधि नेपालको पोल्टामा पुग्यो ।गुजरातका लागि कप्तान उमगं रोहितकुमारले २८ बलमा २ चौका र २ छक्काको सहयोगमा ४० रन बनाए । आर्य देशाईले २४ बलमा ३६ रन बनाए ।बलिङ्तर्फ नेपालका लागि अभिनास बोहोराले तीन तथा दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो ।नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ४७ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ७४ रनको अर्धशतकीय ईनिङ खेले । ओपनर आसिफ शेखले ३४ बलमा २ चौका र १ छक्काको सहयोगमा ३४ रन बनाए ।

कुशल मल्लले १३ बलमा २ चौका र २ छक्काको सहयोगमा अविजित ३१ रन बनाए । कुशल भुर्तेलले २१ बलमा १९ रन बनाए ।बलिङ्तर्फ गुजरातका लागि जयमित पटेल, तेजस पटेल, शन पटेल र जाला युवराजले समान एक एक विकेट लिए ।

 

Related posts

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

नेपाल र हङकङबीचको टी–२० खेल वर्षाका कारण रद्ध

MadhesKhabar

विश्वकप क्रिकेट भाेलिदेखि सुरु हुदैं, उद्घाटन खेल इङ्ल्यान्ड र न्युजिल्यान्डबिच

MadhesKhabar

Leave a Comment