Madhes Khabar
खेलकुद

नेपाल र हङकङबीचको टी–२० खेल वर्षाका कारण रद्ध

काठमाडौं,२७ फागुनःत्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्ध भएको छ ।नेपालविरुद्ध घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभरमा २ विकेट गुमाउँदै ६५ रन बनाएको स्थितिमा दोस्रो पटक पानी परेपछि खेल रोकिएको थियो ।

यसअघि ५ ओभरको खेल पूरा भएपछिपनि पानी परेको थियो । पानी रोकिएपछि थप ३ ओभरको खेल पूरा हुँदा नहुँदै फेरि पानी परेपछि खेल रोकिएको थियो । त्यसपछि पानी नै रोकिएन र अम्पायरले खेल रद्ध गरेको घोषणा गरे ।

नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिएका थिए । हङकङका मार्टिन कोट्जे गुल्शन झाको हातबाट क्याच आउट भए । गुल्शन झाले निजाकान्त खानलाई व्यक्तिगत २५ रनमा बोल्ड गरेका थियो ।

यसअघि फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो । नेपालले अब मंगलबार पपुवा न्युगिनसँग खेल्ने छ ।साभारःअनलाइनखबरबाट

Related posts

नामिबियासंग फेरि हार्याे नेपाल

MadhesKhabar

एनआई कप क्रिकेट : हेटाैंडा स्कुलसंग वीरगन्ज कलेज पराजित

MadhesKhabar

टाइब्रेकरमा पाेर्चुगललाई स्तब्ध पार्दै फ्रान्स युराेकपकाे सेमिफाइनलमा

MadhesKhabar

Leave a Comment