Madhes Khabar
शिक्षा

पर्साको सिद्धपुरमापनि दलित बालबालिकालाई स्टेशनरी लगायतका सामग्री वितरण

प्रमोद यादव
पर्सा,२५चैतःपर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नंबर १ सिद्धपुरको दलितबस्तीका ८० जना दलित बालबालिकालाईपनि काठमाडौंको एक सामाजिक सस्ंथाले स्टेशनरी लगायतका सामग्री प्रदान गरेको छ ।

गणेश उज्जन भुवन स्मृति प्रतिष्ठान काठमाडौंकी अध्यक्ष साबित्री श्रेष्ठले सामुदायिक विद्यालयमा अध्ययनरत दलितबस्तीका ८० जना बालबालिकालाई स्टेशनरी सामग्रीका साथै जुत्ता,चपल,फलफूल र बिस्कुट वितरण गरेको संस्थाका जिम्मेवार व्याक्ती गणेशमान लामाले बताए ।

यसअघि यहि संस्थाले पर्साकै पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ पथलवाघटमा पनि दलितबस्तीका ८० जना दलित बालबालिकालाई ती सामग्री वितरण गरेको थियो ।

संस्थाको टोलीले जापानको चाइल्ड सर्पोट अर्गनाइजेशनका प्रतिनिधीहरुसंगै त्यस क्षेत्रमा दलितका बालबालिका पढ्ने सामुदायिक विद्यालयहरुको स्थलगतनिरिक्षणपनि गरेको संस्थाका पर्सा संयोजक हरि प्रसाद यादवले बताए । अनुगमका क्रममा ती विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षकको संख्या निक्कै कम रहेको, विद्यालयमा पठन पाठनका लागि ेशिक्षण सामग्रीहरु नरहेको अवस्था पाइएको यादवले बताए । ती विद्यालयमा आवश्यक शिक्षण सामग््री लगायतको व्यवस्थापन गर्न जापानी संस्थाका प्रतिनिधीहरुले प्रतिबद्धता जनाएकोपनि यादवले जानकारी गराए ।

 

Related posts

ज्ञानदा एकेडेमीमा एसकेजी दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न

MadhesKhabar

शिक्षालाई प्रथमिकतामा राखेका वडाध्यक्ष यादव: खातुनलाई ल पढ्न गरिदिए पूर्ण छात्रवृतिको व्यवस्था

MadhesKhabar

वीरगन्जमा एसईईको तयारीका लागि निःशुल्क कक्षा सञ्चालन

MadhesKhabar

Leave a Comment