वीरगन्ज,४साउनःवीरगन्ज महानगरपालिका वडा नम्बर ३० को वडा कार्यालयले हालै माध्यमिक शिक्षा परीक्षा (एईई) उत्तीर्र्ण एक छात्रालाई पूर्ण छात्रवृतिमा वकालत (कक्षा ११ र १२ मा ल विषय) पढाइदिने भएको छ ।
वडा नम्बर ३० मै पर्ने प्रशोतीपुरका कोरान अलीकी छोरी सबिना खातुनलाई वडाध्यक्ष मनोज कुमार यादवको पहल तथा वडा कार्यालयको सिफारिसमा वीरगन्जमा रहेको वीरगन्ज सेन्ट्रल स्कूलललेपूर्ण छात्रवृतिमा कक्षा ११ र १२ मा ल विषय पढाइदिने भएको हो ।
तीनदिन पहिले वडाध्यक्ष यादवले ल विषय पढ्न चाहने इच्छुक १/१ जना छात्र र छात्रालाई तीनदिनभित्र वडा कार्यालयमा सम्पर्क राख्न भन्दै सूचना जारी गरेका थिए । त्यही सूचना अनुसार प्रशोतीपुरकी छात्रा खातुनले वडा कार्यालयमा सम्पर्क गरेपछि आइतबार उनलाई वडा कार्यालयबाट पूर्ण छात्रवृतिका लागि सिफारिस पत्र प्रदान गरिएको वडाध्यक्ष यादवले बताए । ती छात्राको वीरगन्ज सेन्ट्रल स्कूलमा आइतबार नै भर्नासमेत गरिएको उनले जानकारी दिए ।
उनको पढाईमा लाग्ने सम्पूर्ण शैक्षिक सामग्री आँफुले आफ्नो निजी खर्चमा उपलब्ध गराउने वडाध्यक्ष यादवले बताए । बाँकी रहेको अर्को एक कोटाका लागि आफनै वडाका लागि दलित समुदायका एक किशोरले इच्छुकता देखाएको भन्दै यादवले उनि वडा कार्यालयमा सम्पर्क गर्न आएमा उनलाईपनि पूर्ण छात्रवृतिका लागि वडा कार्यालयले सिफारिस गर्ने बताए ।

