Madhes Khabar
राजनीति

एमाले बाराको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु

बारा,२१चैतः नेकपा एमाले बारा जिल्लाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन कार्यक्रम मंगलबार साँझदेखि सुरु भएको प्रमुख निर्वाचन अधिकृत महम्मद रफिक मियाँले जानकारी दिए ।

निर्वाचनबाट एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित एक सय २५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने एमाले निर्वाचन कमिटीले जनाएको छ। अधिवेशनमा सहमतिमा नेतृत्व चयनका लागि छलफल चलिरहे पनि आकांक्षीको संख्या धेरै देखिएपछि सहमतिको सम्भावना कम हुँदै गएको छ । एमालेले बारामा मतदानबाटै नयाँ नेतृत्व चयन गर्ने सम्भावना देखिएको छ ।

निर्धारित समयभन्दा ढिला गरी एमालेले मंगलबार साँझ मतदाता नामावली प्रकाशन गरेको छ भने आज बुधबार दिउँसो १२ः३० बजेपछि उम्मेदवारको मनोनयन दर्ताको समय सुरु भएको छ । मतदानको समय भने बिहीबार बिहान ८ बजेबाट दिउँसो ३ बजेसम्मका लागि तोकिएको छ ।

एमाले बाराको अध्यक्षका लागि कोल्हबी नगरपालिकाका पूर्वमेयर भरतबहादुर भण्डारी, अहिले जिल्ला सचिव रहेका अध्यानन्द पाण्डे र नेकपा एमाले बाराको निवर्तमान उपाध्यक्ष टिना सुवेदी आकांक्षी देखिएका छन् ।

निर्वाचनमा ८ सय प्रतिनिधि सहभागी हुने भएका छन् । एमालेले सोमबार बाराको कलैयास्थित होटेल करण राज प्यालेसमा अधिवेशनको उद्घाटन र मंगलबार बिहानबाट कलैयास्थित जानकी सिनेमा हलमा बन्दसत्र गरेको थियो । नयाँ नेतृत्वका लागि मतदानसमेत जानकी सिनेमा हलमा गर्ने भएको छ ।

 

Related posts

दोस्रो पुस्ताका नेतामध्ये सबैभन्दा लोकप्रिय नेता कांग्रेस महामन्त्री गगन थापा

MadhesKhabar

रास्वपा पर्साको जिल्ला सभापतिमा हरि पन्त निर्विरोध निर्वाचित

MadhesKhabar

रास्वपाले समर्थन फिर्ता लिएपनि सरकारलाई कुनै फरक पर्दैन : उपेन्द्र यादव

MadhesKhabar

Leave a Comment