Madhes Khabar
खेलकुद

जनकपुर मेयरकप टि–२० क्रिकेटमा सप्तरीमाथि पर्साको सहज जीत

वीरगन्ज,२०चैतः जनकपुरमा जारी दोस्रो जनकपुरधाम मेयरकप टि–२० क्रिकेट प्रतियोगितामा पर्साले जीत हात पारेको छ । मंगलबार भएको खेलामा पर्साले सप्तरीलाई ५ विकेटले पराजित गरेको हो ।

रामजानकी बहुउद्देश्य अन्तराष्ट्रिय रंगशालामा भएको खेलमा सप्तरीले दिएको १०४ रनको लक्ष्य पर्साले १६.५ ओभरमा केवल ५ विकेट गुमाएर पुरा गरेको हो । पर्साका लागि अकिब अन्सारीले सर्वाधिक ३४ र मन्जय महतोले अविजित २० रनको योगदान दिए ।

यसअघि टस जितेर पहिलले ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा १ सय ३ रन बनाएको थियो ।सप्तरीका लागि विकास दासले सर्वाधिक अविजित २८ रन र अमित यादवले १७ जन जोडे । पर्साका लागि आकिब अन्सारी र नसरुद्धिन अन्सारीले समान दुई दुई विकेट लिए। खेलको म्यान अफ दी म्याच पर्साका लागि अलराउन्डर प्रदर्शन गरेका आकिब घोषित भए।

 

Related posts

मुख्य न्यायाधीश निरौलाले ‘हेर्न नमिल्ने’ भन्दै पन्छाए क्रिकेटर सन्दीप लामिछानेको मुद्दा

MadhesKhabar

आईपीएल :इलिमिनेटरमा राजस्थान र बेंग्लाेर खेल्दै

MadhesKhabar

फिफा वर्ष खेलाडीको अवार्ड लियोनल मेस्सीलाई

MadhesKhabar

Leave a Comment