Madhes Khabar
गण्डकी प्रदेश

पोखराको अर्चलेमा दुर्घटना भएको बसको तस्बिर भाइरल

काठमाडौं,१७चैतः पोखराको लेखनाथ अर्चलेमा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते भएका छन् । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

लेखनाथको आरुपाटाबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ८६८० नम्बरको बस शनिबार बिहान दुर्घटना हुँदा चालक र सहचालक घाइते भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सूर्यबहादुर रानाले बताए।उनका अनुसार बसमा यात्रु थिएनन्।

घाइते चालक र सहचालकलाई उद्धार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) लगिएको छ।‘चालकका अनुुसार ब्रेक फेल भएर दुर्घटना भएको हो,’ प्रहरी निरीक्षक रानाले भने।

दुर्घटनाग्रस्त बस सडकमा उभिएको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।

 

Related posts

श्रीमतीले दुईवटा सिम चलाएकाे निहुँमा हत्या

MadhesKhabar

ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

MadhesKhabar

यूथ कांग्रेस अमेरिकाबाट सरकारलाई आधा दर्जन बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण ।

MadhesKhabar

Leave a Comment