Madhes Khabar
गण्डकी प्रदेश

श्रीमतीले दुईवटा सिम चलाएकाे निहुँमा हत्या

सांकेतिक फोटो

तनहुँ,३१जेष्ठ : श्रीमतीले दुईवटा सिम चलाएको निहुँमा हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँकाे भानु नगरपालिका–५ मैबल हटिया घर भई हाल व्यास नगरपालिका–४ मा डेरा गरी बस्ने २१ वर्षीय मनोज विष्ट रहेको प्रहरीले जनाएको छ ।

तनहुँको व्यास नगरपालिका ४ स्थित चिहानडाँडामा कच्ची सडक हुँदै ओहोरदोहोर गर्नेले दुर्गन्ध आएको बताएपछि प्रहरीले खोजतलास गर्दा ह्युम पाइपमा प्लास्टिकको बोराभित्र श्रीमतीको शव फेला परेको थियो ।
हत्या गरेको अशंका गरी प्रहरीले तत्काल अनुसन्धान गरेको प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले बताए । तनहुँ प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी उक्त घटनामा संलग्न रहेको अशंकमा पक्राउ परेका उनका श्रीमान्‌लाई सार्वजनिक गरेको छ ।

मृतक व्यास नगरपालिका–१२ लामीडाँडा माइती भएकी ११ वर्षीया रंगिला भुजेल रहेको प्रहरीले बताएको छ । रंगिलाका बुबा मनबहादुर भुजेलले मंगलबार तनहुँ प्रहरीमा रंगिलाको तस्बिरसहित हुलियाको निवेदन दिएका थिए । प्रहरी उपरीक्षक विष्टले भने, ‘२०८० जेठ २४ गतेदेखि छोरी सम्पर्कविहीन रहेको भनी मनबहादुरले हुलिया निवेदन दिएका थिए । त्यही दिनको साढे ११ बजे शव भेटिएपछि मनबहादुरले शवको पहिचान गरेका हुन् ।’

प्रहरीले रंगिलाका श्रीमान्‌ मनाेजलाई मंगलबार राति व्यास–३ स्थित तरकारी लाइनबाट पक्राउ गरेको हो । पक्राउ परेका मनोजविरुद्ध जिल्ला अदालत तनहुँबाट कर्तव्य ज्यान मुद्दा शीर्षकमा ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।

मनोज र मृतक रंगिला समाजिक सञ्जालमार्फत भेट भई प्रेम सम्बन्धमा थिए । उनीहरूले २०८० वैशाख १ गते विवाह गरेका थिए । मृतक रंगिलाले दुईवटा सिम प्रयोग गर्ने गरेको र सोही कारण श्रीमान्‌-श्रीमतीबीच मनमुटाव हुने गरेको अनुसन्धानबाट खुलेको छ । मनोजले श्रीमतीलाई डेरामै हत्या गरेर बोरामा बोकेर चिहानडाँडा नजिकको नालाको कल्भर्टमा लगेर फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक विष्टले बताए ।साभार:इकान्तिपुर

Related posts

आफ्नै घरको बाकसभित्र मृत भेटिए १३ वर्षीय बालक

MadhesKhabar

जिल्ला प्रहरी कार्यालयमा राखियो भोजपुरी भाषामा नागरिक वडापत्र

MadhesKhabar

घाँटीमा लगाएको सुनको सिक्री लुटेर भाग्ने रक्साैलका दुई महिला पाेखरामा पक्राउ

MadhesKhabar

Leave a Comment