काठमाडौं,१६चैत : काठमाडौंमा आगामी बैशाख २३ गतेदेखि कर्पोरेट सुपर सिक्सेस क्रिकेट सिजन–७ सुरु हुने भएको छ ।१६– एसएस एभेन्ट्स प्राली र नेकोसको संयुक्त आयोजनामा बैशाख २३ देखि २८ गतेसम्म उक्त क्रिकेट प्रतियोगिता आउोजना हुन लागेको शुक्रबार पत्रकार सम्मेलनमार्पmत जानकारी गराइएको हो ।तीन वर्षपछि आयोजना हुन लागेको कर्पोरेट सुपर सिक्सेसमा कुल २४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । पाँच ओभरमा खेलाइने प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।
लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा नेपाल क्रिकेट संघ (क्यान) को प्राविधिक सहयोग रहने एसएस इभेन्ट्स प्रालीका निर्देशक सुमित रौनियारले जानकारी दिए ।
एसएस इभेन्ट्सका निर्देशक रौनियारले नाफा कमाउने भन्दा पनि नेपाली क्रिकेटको विकास गर्ने र कर्पोरेट सेक्टरलाई क्रिकेटमा भित्रयाउने उद्देश्यअनुरूप प्रतियोगिता आयोजना गर्दै आएको बताए ।उनले अब छिट्टै उमेरसमूहका प्रतियोगितापनि आयोजना गर्दै नेपाली क्रिकेटको विकासमा सहयोग गर्ने योजना रहेकोपनि बताए ।
सन् २०१४ देखिसुरु भएको कर्पोरेट सुपर सिक्सेसको छैटौं सिजनसम्म एसएस एभेन्ट्सले नै आयोजना गर्दै आएकोमा सातौं सिजनदेखि नेकोस जोडिएको हो ।पत्रकार सम्मेलनमा एसएस इभेन्ट्सका निर्देशक रौनियार र नेकोसका सचिव विप्लभ घोषबीच सम्झौतापत्र हस्तान्तरण गरिएको थियो । यस सिजनको विजेता र उपविजेताले ट्रफी र गिफ्ट ह्याम्पर पाउनेछन् ।

