Madhes Khabar
खेलकुद

परवानीपुर गोल्डकप फुटबल : रौतहटलाई पन्छाउदै हेटौंडा सेमिफाइनलमा

वीरगन्ज,४चैत:हेटौंडा फूटबल एकेडेमी तेस्रो परवानीपुर गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । परवानीपुरमा आइतबार भएको खेलमा रौतहटको चिडियादह स्टार क्लबलाई टाईब्रेकरमा ४–२ ले पराजित गर्दै हेटौंडा अन्तिम चारमा प्रवेश गरेको हो ।

निर्धारित समयमा दुवै टिमले २–२ को बराबरी खेलेपछि नतिजा टाईब्रेकरबाट निकालिएको हो । यसअघि खेलको सुरुवातमा लिएको अग्रता जोगाउन नसक्दा रौतहट स्तब्ध हुँदै घर फर्कन बाध्य भयो ।

रौतहटका लागि खेलको १९औं मिनेटमा गणेश धामीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर उनको अग्रता धेरै बेर टिक्न सकेन । हेटौंडाका दावा लामाले २२औं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए ।

खेलको ५०औं मिनेटमा हेटौंडाका अन्जन बछारले गोल गरेर टिमलाई अग्रता उल्टाए । तर प्रतिस्पर्धात्मक खेलको ६४औं मिनेटमा रौतहटका विवेक विकले बराबरी गोल फर्काउदै खेललाई रोमाञ्चक बनाए । खेलको अन्तिम समयमा दुवै टिमले केही अवसर बनाएपनि सदुपयोग गर्न नसक्दा निर्धारित समय बराबरीमा सकिएको थियो ।

हेटौंडाका जीतमा नायक बनेका गोलरक्षक अस्विर गुम्बा प्लेयर अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत सोमबार वीरगन्ज युनाईटेड क्लब र नव जनजागृति युवा क्लबबीच खेल हुनेछ ।

शक्ति युवा क्लबको आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगिता चैत्र १० गतेसम्म संचालन हुनेछ । प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

Related posts

वीरगन्जका सुजीत यादवले इरानमा हुने एसियाली कुस्ती च्याम्पियनसीपमा प्रतिस्पर्धा गर्दै

MadhesKhabar

वीरगन्ज–१० मा यसपालि पनि ‘ वडा स्तरिय क्रिकेट प्रतियोगिता’ आयोजना हुदैं

MadhesKhabar

प्रधानमन्त्री कप क्रिकेटका लागि अनिल साहकाे कप्तानीमा मधेसकाे टिम घाेषणा

MadhesKhabar

Leave a Comment