Madhes Khabar
खेलकुद

सखुवा प्रसाैनीमा आयाेजित टि-२० क्रिकेटको उपाधि कालिकामाईले जित्याे

वीरगन्ज,१६फाल्गुन:पर्साकाे सखुवा प्रसाैनी गाँउपालिकामा आयाेजित पालिकास्तरीय टि-२० क्रिकेट प्रतियोगिताकाे उपाधि कालिकामाई गाउँपालिकाले जितेकाे छ।

बुधबार भएकाे फाइनल खेलमा छिपहरमाई गाउँपालिकालाई ४५ रनले हराउँदै कालिकामाईले उपाधि उचालेकाे हाे ।१५० रनकाे लक्ष्यसहित जवाफी ब्याटीङमा उत्रिएकाे छिपहरमाई गाँउपालिकाले पुरै २० ओभर खेल्दै ९ विकेटकाे नाेक्सानीमा १०४ रनमात्र बनाएपछि उपाधि कालिकामाईले जित्याे।

यसअघि टस जितेर पहिले ब्या‍टिङ गरेकाे कालिकामाईले पुरै २० ओभर खेल्दै ७ विकेटकाे नाेक्सानी १४९ रनमात्र बनाएकाे थियाे ।

उपाधिसंगै कालिकामाईले नगद ५१ हजार रुपैयाँ प्राप्त गर्याे भने उपविजेता छिपहरमाईले नगद २५ हजार रुपैयाँमै चित्त बुझाउनु पर्याे।

प्रतियोगिताको समापन समाराेहमा सखुवा प्रसाैनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले उपाधि विजेता टिमलाई नगद पुरस्कार र ट्रफी हस्तान्तरण गरे।

सखुवा प्रसाैनी गाउँपालिकाकाे सहयाेगमा सखुवा प्रसाैनी युवा समाजले फाल्गुन ४ गतेदेखि आयाेजना गरेकाे प्रतियोगितामा पर्साका पालिकाहरुले भाग लिएका थिए।

Related posts

कोलकतालाई स्तब्ध पार्दै नेपाल पुलिस वीरगन्ज गोल्डकपको अन्तिम चारमा

MadhesKhabar

वीरगन्जका आरिफलाई एनपिएलका लागि सुदूरपश्चिम रोयल्सले १५ लाखमा किन्यो

MadhesKhabar

वीरगन्ज सुपर लिग क्रिकेटमा पर्सा राइडर्सकाे विजयी सुरुवात

MadhesKhabar

Leave a Comment