Madhes Khabar
स्थानिय

बाराका राजनीतिक दलहरुको संयुक्त अपिलः ‘सामाजिक सद्भाव बिथोल्ने काम नगरौं’

कलैया,८फाल्गुन: बारामा क्रियाशिल राजनीतिक दलले तराईका केही जिल्लामा सामाजिक सद्भाव बिथोल्ने गतिविधि भईरहेको भन्दै त्यसो नगर्न सामूहिक अपिल गरेका छन् । जिल्ला भित्र क्रियाशिल १२ राजनीतिक दलका नेतृत्व तथा प्रतिनिधिले एक संयुक्त विज्ञप्ति जारी गर्दै सामाजिक एकता भंग हुने कुनै पनि गतिविधि नगर्न अपिल गरेका हुन् ।

पछिल्लो समय सामाजिक सद्भाव एवम् धार्मिक सहिष्णुतामाथि खलल पुग्ने गरि भईरहेका गतिविधिप्रति ध्यानाकर्षण भएको भन्दै दलको नेतृत्वले सबै धर्म र संस्कृतिको सम्मान गर्न तथा एकआपसमा एकता कायम राख्न आग्रह गरेका छन् । जिल्ला भित्र जातिय सद्भाव बिथोल्ने गतिविधि नगर्न आग्रह गर्दै राजनीतिक दलले त्यस्ता गतिविधि कानुन विपरित हुने समेत जनाएका छन् ।

विज्ञप्तिमा सामाजिक सद्भाव बिथोल्ने सामाग्रीहरु सामाजिक संजालमा नराख्न र त्यस्ता गतिविधि गर्नका लागि उकास्ने काम समेत नगर्न अनुरोध गरिएको छ । विज्ञप्तिमार्फत सामाजिक एकता भंग गर्ने गतिविधिलाई बढावा दिने व्यक्तिको विषयमा सुरक्षा निकायलाई सूचना दिन समेत भनिएको छ ।

संयुक्त विज्ञप्तिमा नेकपा एमाले बाराका अध्यक्ष एवम् कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह, नेपाली कांग्रेसका प्रतिनिधि चन्द्रिकाप्रसाद गुप्ता, नेकपा माओवादी केन्द्रका प्रतिनिधि मुकेश साह, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक चन्दनकुमार स्वर्णकार, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष गिरधारीप्रसाद चौधरी, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामबाबुप्रसाद यादव, जनमत पार्टीका जिल्ला अध्यक्ष शिवनाथ पटेल, एकीकृत समाजवादी पार्टीका क्षेत्रीय संयोजक वीरेन्द्रप्रसाद यादव, नागरिक उन्मुक्ती पार्टीका मधेस प्रदेश अध्यक्ष रामचन्द्र चौधरी, नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष मुक्ती यादव, विवेकशिल साझा पार्टीका जिल्ला अध्यक्ष डा. सुशिल साह र नेपाल जनता दलका केन्द्रीय सदस्य गोपाल दासले हस्ताक्षर गरेका छन् ।साभार:ईशीलालेखबाट

Related posts

वीरगन्जलाई अशान्त बनाउन चाहनेहरुलाई अब तह लगाउन जरुरी छ : मेयर सिंह

MadhesKhabar

बारामा १ कराेड बढी मूल्यकाे ६० केजी चाँदीसहित साेनार पक्राउ

MadhesKhabar

पर्साकाे हरपुरमा भैंसीसंग माेटरसाइकल ठाेक्किदा चालककाे मृत्युु

MadhesKhabar

Leave a Comment