Madhes Khabar
स्थानिय हेडलाइन

बारामा १ कराेड बढी मूल्यकाे ६० केजी चाँदीसहित साेनार पक्राउ

बारा,२३मंसिर:बाराकाे अमलेखगञ्जबाट प्रहरीले १ कराेड बढी मूल्यकाे चाँदीसहित एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा बाराकै कलैया उपमहानगरपालिका-५ घुसुकपुरका ३६ वर्षिय कर्म साह साेनार रहेका छन्।

वीरगन्जबाट हेटाैडातर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००५ प ३२६ नम्बरको स्कुटरमा सवार साेनारलाई ईलाका प्रहरी कार्यालय अमलेखगञ्ज का प्रहरी बरिस्ठ नायब निरीक्षक टेकबहादुर कार्की नेतृत्वको प्रहरी टाेलीले पक्राउ गरेकाे हाे।

साेनार सवार स्कुटीकाे खुट्टा राख्ने ठाँउमा फल्स बटम बनाई लुकाएर राखिएको १ कराेड २ लाख रुपैयाँ मूल्यकाे ६० केजी चाँदी बरामद गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।

Related posts

रुपेश स्वर्णकार हत्या प्रकरण : पक्राउ परेका युवतीसहित ७ जना जेल चलान

MadhesKhabar

सदरमुकाम कलैयामै डोम समुदायका बालबालिकाहरु विद्यालय शिक्षाबाट बञ्चित

MadhesKhabar

वीरगन्ज नाकामा भेटिए दुई जना कोरोना संक्रमित

MadhesKhabar

Leave a Comment