Madhes Khabar
स्थानिय हेडलाइन

बारामा १ कराेड बढी मूल्यकाे ६० केजी चाँदीसहित साेनार पक्राउ

बारा,२३मंसिर:बाराकाे अमलेखगञ्जबाट प्रहरीले १ कराेड बढी मूल्यकाे चाँदीसहित एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा बाराकै कलैया उपमहानगरपालिका-५ घुसुकपुरका ३६ वर्षिय कर्म साह साेनार रहेका छन्।

वीरगन्जबाट हेटाैडातर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००५ प ३२६ नम्बरको स्कुटरमा सवार साेनारलाई ईलाका प्रहरी कार्यालय अमलेखगञ्ज का प्रहरी बरिस्ठ नायब निरीक्षक टेकबहादुर कार्की नेतृत्वको प्रहरी टाेलीले पक्राउ गरेकाे हाे।

साेनार सवार स्कुटीकाे खुट्टा राख्ने ठाँउमा फल्स बटम बनाई लुकाएर राखिएको १ कराेड २ लाख रुपैयाँ मूल्यकाे ६० केजी चाँदी बरामद गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।

Related posts

सडक खनेर अलपत्र पारेपछि वीरगन्ज महानगरको आक्रोश : टेलिकममा लगेर फाल्यो फोहोर

MadhesKhabar

निजगढमा ग्याँस सिलिन्डर विस्फोट हुँदा चार जना घाइते

MadhesKhabar

वीरगन्ज महानगरको न्यायिक समितिद्वारा एक वर्षमा ४६ वटा मुद्दा फर्छ्योट

MadhesKhabar

Leave a Comment