Madhes Khabar
स्थानिय हेडलाइन

पर्साकाे हरपुरमा भैंसीसंग माेटरसाइकल ठाेक्किदा चालककाे मृत्युु

सांकेतिक फोटो

वीरगन्ज,८कार्तिक:पर्साकाे जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ हरपुर टाेलमा सडकमा छाडा छाेडिएकाे भैंसीसंग माेटरसाइकल ठाेक्किदा माेटरसाइकल चालककाे मृत्युु भएकाे छ ।

मृत्यु हुनेमा पर्साकै जिराभवानी गाँउपालिका वडा नम्बर ५ का धनेस महताे रहेका छन् ।

हरपुर टाेलमा मंगलबार महताे र उनकी पत्नी संगीता देवी सवार बीआर ३० वाई ६०३० नम्बरको भारतीय माेटरसाइकल सडकमा छाडा छाेडिएकाे भैंसीसंग ठाेक्किदा दुवै जना गम्भीर घाइते भएका थिए ।

घाइते दुवैजनालाई स्थानीयले उद्धार गरी वीरगन्जकाे नारायणी अस्पतालमा ल्याएर भर्ना गरेका थिए।त्यहाँबाट महताेलाई बाराकाे नाैतनस्थित एस.एल. न्युराे अस्पतालमा रिफर गरिएकोमा उपचारकै क्रममा उनकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Related posts

ठाकुरराम क्याम्पसका कर्मचारीहरु आन्दोलनमा

MadhesKhabar

पानीका लागि पैसा मागेको गुनासो आएपछि फिल्डमा आँफै खटिए मेयर,पानीमा विभेद नगर्न दिए निर्देशन

MadhesKhabar

पर्सा–बाराका किसानको धान पुष १० गतेपछि खरिद गर्ने सरकारी निकायको तयारी

MadhesKhabar

Leave a Comment