Madhes Khabar
स्थानिय हेडलाइन

पर्साकाे हरपुरमा भैंसीसंग माेटरसाइकल ठाेक्किदा चालककाे मृत्युु

सांकेतिक फोटो

वीरगन्ज,८कार्तिक:पर्साकाे जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ हरपुर टाेलमा सडकमा छाडा छाेडिएकाे भैंसीसंग माेटरसाइकल ठाेक्किदा माेटरसाइकल चालककाे मृत्युु भएकाे छ ।

मृत्यु हुनेमा पर्साकै जिराभवानी गाँउपालिका वडा नम्बर ५ का धनेस महताे रहेका छन् ।

हरपुर टाेलमा मंगलबार महताे र उनकी पत्नी संगीता देवी सवार बीआर ३० वाई ६०३० नम्बरको भारतीय माेटरसाइकल सडकमा छाडा छाेडिएकाे भैंसीसंग ठाेक्किदा दुवै जना गम्भीर घाइते भएका थिए ।

घाइते दुवैजनालाई स्थानीयले उद्धार गरी वीरगन्जकाे नारायणी अस्पतालमा ल्याएर भर्ना गरेका थिए।त्यहाँबाट महताेलाई बाराकाे नाैतनस्थित एस.एल. न्युराे अस्पतालमा रिफर गरिएकोमा उपचारकै क्रममा उनकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Related posts

स्वर्गीय पत्रकार नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार पटेललाई प्रदान

MadhesKhabar

बहिरा बालबालिकाको भविष्यका लागि सबैले मिलेर काम गरौँ : मेयर सिंह

MadhesKhabar

मधेस प्रदेश : ‘संघीयताको जगमै जालझेलको राजनीति ’ जिम्मेवार को ?

MadhesKhabar

Leave a Comment