Madhes Khabar
धर्म/संस्कृति

वीरगन्जमा सामाजिक सदभाव बिथाेल्न खाेज्नेहरुलाई कारबाही गर्न सरकारसंग सांसद यादवकाे माग

वीरगन्ज,७फाल्गुन:पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य(सांसद) प्रदीप यादवले वीरगन्जमा धार्मिक र सामाजिक सद्भाव बिगार्न उद्दत समुहकाे पहिचान गरी कारबाही गर्न सरकारसंग माग गरेका छन्।

वीरगन्जमा साेमबार दुई फरक धार्मिक समुदायबिच तनाव बढेर अवस्था तनावग्रस्त भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु लगाएकाे छ।उक्त घटनाकै सन्दर्भमा साेमबार बेलुकी सामाजिक सञ्जाल फेसबुकमा पाेष्ट गर्दै सांसद यादवले साेमबार वीरगन्जमा भएकाे अप्रिय घटनाका बारे प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जानकारी गराउँदै उक्त घटनामा संलग्नहरुकाे पहिचान गरी कारबाही गर्न सरकारसंग माग गरेका हुन्।

जसपा नेपालका प्रमुख सचेतकसमेत रहेका यादवले उक्त घटनामा संलग्नहरुलाई कारबाही गर्न स्थानीय प्रशासनसंगपनि माग गरेका छन्।साथै यादवले वीरगन्जमा धार्मिक र सामाजिक सदभाव कायम राख्न वीरगन्जबासीसंग अपिलपनि गरेका छन्।

पूर्वमन्त्री समेत रहेका यादवलाई पछिल्लो समय वीरगन्ज बाहिरबाट आएका केहि असमाजिक तत्वहरुले वीरगन्जमा सदियाैंदेखि कायम रहेकाे भाईचारा र धार्मिक सद्भाव तथा आपसी एकतालाई खल्बल्याउने दुष्प्रयास गरिरहेकाले त्यस्ता तत्वहरुकाे षड्यन्त्र विफल पार्न सम्पूर्ण वीरगन्जबासी एक ढिक्का भएर अगाडि आउनुपर्नेमा जाेड दिएका छन्।

फेसबुक पाेष्टमा सांसद यादवले लेखेका छन्-ऐतिहासिक नगरी वीरगन्ज परिवर्तनको भूमि हो। देशमा भएका सम्पूर्ण परिवर्तनकारी आन्दोलनको नेतृत्व गर्ने वीरगन्जको निभ र शक्ति यहाँको सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र भाइचारा हो । यहाँको विकास निर्माणमा सबै समुदाय र धर्मका व्यक्तिहरूको समान लगानी, मिहिनेत र परिश्रम छ।यद्यपि पछिल्लो समय वीरगन्ज बाहिरबाट आएका केही असामाजिक तत्त्वहरूले वीरगन्जको यस निभ र शक्तिलाई कमजोर बनाउने प्रयास गरिरहेका छन् । सयौँ वर्षदेखिको धार्मिक सहिष्णुतालाई बिगार्ने प्रयास गरिरहेका छन् । द्वन्द्व फैलाएर हामीहरूबिचको सद्भावलाई खलबल्याउने प्रयास गरिरहेका छन् । यस्ता तत्त्वहरूलाई रोक्दै पराजित गर्न आवश्यक छ । जसको लागि हामी एक ढिक्का भएर अगाडि आउन बढ्नु पर्छ। सम्पूर्ण वीरगन्जबासीसँग आग्रह गर्न चाहन्छु । हामी सबै एक हौँ, हामी हिजपनि मिलेर बसेका थियौँ,आजपनि मिलेकै छौँ र भविष्यमापनि सँगै नै बस्ने छौँ ।

Related posts

आज नयाँ वर्ष देशभर हर्षाेल्लासका साथ मनाइदैं

MadhesKhabar

‘धोती भैया भनेर हेप्न पाइदैन’ भन्दै काठमाडौंमा पनि मनाइयो ‘धोती दिवस’

MadhesKhabar

हिन्दू युवाको हत्याविरुद्ध हिन्दुवादी संस्थाद्वारा काठमाडौमा बंगलादेशी दूतावास घेराउ र प्रदर्शन

MadhesKhabar

Leave a Comment