Madhes Khabar
स्वास्थ्य

जीतपुरसिमरा उपमहानगरमा जटिल रोगका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ

बारा,२२माघ:बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकाले जटिल रोगका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

मिर्गाैला प्रत्यारोपण गरेका, डायलायसिस गराइरहेका, क्यान्सर र मेरूदण्ड पक्षघात भएका बिरामीलाई औषधि उपचारका लागि सहयोग गरिएको उपमहानगरपालिकाको जन स्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रबि भाष्करले जानकारी दिए ।

नेपाल सरकारले यी चार रोगका बिरामीलाई उपचारमा सहयोग गर्ने उद्देश्यले कार्यविधि बनाएर उपचार खर्च उपलब्ध गराउन देशैभरका स्थानीय तहमा पठाउँने गर्दछ ।

मिर्गौला प्रत्यारोपण गरेका, डायलायसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएकालाई औषधोपचार वापत खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७८ अनुसार जीतपुरसिमरा उपमहानगरपालिकाले कार्तिक महिना देखि पुष महिनासम्ममा १ सय २ जना बिरामीलाई तीन महिनाको एकमुष्ठ १५ हजारका दरले सम्बन्धित बिरामीको खातामा रकम जम्मा गरिदिएको भाष्करले जानकारी दिए ।लाभग्राहीको सङ्ख्या १ सय ४ जना भएपनि २ जनाको मृत्यु भएका कारण १ सय २ जनाको रकम बैँकमा पठाईएको उनले बताए।

 

जीतपुरसिमरा उपमहानगरपालिकाले आफनो स्वीकृत कार्यबिधि अनुसार मुटुरोग ,अल्जाईमर ,हेड ईन्जुरी ,सिकलसेल लगायतका बिरामीहरुलाई पनि उपचारकोलागि एक पटककोलागि १० हजार रुपैयाँ सम्मको सहयोग गर्ने गरेको छ ।

Related posts

पर्सा जिल्लामा यसवर्षको पहिलो कालाजारको बिरामी भेटियो

MadhesKhabar

वीरगन्जकाे दशैं मेलामा साेनार समाजद्वारा निशुल्क स्वास्थ्य शीवीर सन्चालन

MadhesKhabar

स्वास्थ्य कार्यालय पर्सा मधेस प्रदेशमा लगातार ३ वर्षदेखि प्रथम

MadhesKhabar

Leave a Comment