Madhes Khabar
शिक्षा

विद्यार्थीलाई स्वराेजगार बनाउन बिपिसीमा ‘मेड इन वीरगन्ज’ सुरु

वीरगन्ज,६माघ:पढ्दै कमाउँदै अभियान अन्तरगत वीरगन्ज पब्लिक कलेजको आयोजनामा शनिबारदेखि कलेज परिसरमै `मेड इन वीरगन्ज´ कार्यक्रम सुरु भएको छ ।

दुई दिनसम्म चल्ने कार्यक्रममा वीरगन्जमा फस्टाउँदै गरेको उद्यमशीलता र रचनात्मकतालाई प्रदर्शनी मार्फत सार्वजनिकीकरण गर्न मेड ईन वीरगन्जको आयोजना गरिएको बिपिसी कलेजका संस्थापक अध्यक्ष प्राध्यापक डा. दीपक शाक्यले बताए ।

विद्यार्थीहरूलाई जागिर गर्ने मात्रै हैन जागिर दिने क्षमताको अभिवृद्धिका लागि पनि यो कार्यक्रम सहयोगी साबित हुने बताउँदै शाक्यले घरेलु उत्पादनको सदुपयोग गर्दै त्यसको व्यवसायीकरण गर्न र सिक्दै कमाउँदै गर्ने प्रचलन कलेजबाटै सुरु गरिएको बताए ।

अब जागिर गर्ने मात्रै नभएर व्यवसाय तथा उद्यम गर्ने वातावरणको निर्माणका लागि कलेजले विद्यार्थीलाई व्यवहारिक ज्ञान मार्फत अगाडी बढाएको दाबी शाक्यले गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै वीरगनणज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्यमशीलताको प्रवद्र्धन गर्न मेड ईन वीरगन्ज सहयोगी साबित हुने बताउँदै घरेलु उत्पादनले रोजगारीको सिर्जना गर्नुका साथै स्वदेशमै बसेर आत्मनिर्भर बनाउने दाबी गरे ।

उनले विद्यार्थीबाट उत्पादित सामग्रीको बजारीकरण तथा व्यवसायीकरणका लागि महानगरले सहयोग गर्न तयार रहेको बताए ।मेयर सिंहले काम गर्दै जाँदा उतारचढाव आउनु स्वभाविक भएको बताउँदै लक्ष्यबाट विचलित नहुन विद्यार्थीहरूलाई सुझाव समेत दिए ।

उनले आफूले महानगरलाई सुन्दर, परिवर्तित तथा विकसित वीरगन्ज बनाउने अभियानमा लागिरहेको हुँदा त्यसमा सबैले साथ दिन पनि आग्रह गरे ।

कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, भारतीय महावाणिज्य दूतावासका तरुण कुमार, समाजसेवी पशुपति विक्रम शाह, वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गोपाल केडिया, ऊशा शाह, मधु राणा, ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइराला, सिद्धार्थ इन्टरनेशनल स्कुलकी अध्यक्ष डा. सुष्मा तिवारी द्विवेदी, पोखरिया नगरपालिकाकी पूर्व उपमेयर सलमा खातुन, मधेस विश्वविद्यालयका रजिष्ट्रार विजय यादव लगायतकोपनि उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण सहायक क्याम्पस प्रमुख अरविन्द श्रेष्ठले गरेका थिए ।

मेड इन वीरगन्ज कार्यक्रममा कपडा, खानेकुरा, मिठाइ, खाद्य सामग्री लगायतका वीरगन्जमै उत्पादित उत्पादनका विभिन्न स्टल पनि राखिएको बिपिसी कलेजका क्याम्पस प्रमुख डा. विनय श्रेष्ठले जानकारी दिए ।

साथै कलेजमा विद्यार्थीहरूले प्रदर्शनीको रुपमा रेस्टुरेन्ट पनि सञ्चालन गरेका छन् । विभिन्न समुदायका विशेष परिकारहरू पनि रेस्टुरेन्टमा उपलब्ध गराइएको छ । रेस्टुरेन्टको लगानी विद्यार्थीहरू आफैँले गरेका छन् ।

Related posts

पर्सा र बाराका ९०४ विद्यार्थीहरुलाई स्कूल ब्याग र शैक्षिक सामग्री वितरण

MadhesKhabar

सरकारी विद्यालयकाे बेथिती : जब वडाध्यक्ष घन्टी बजाएर पढाउन कक्षामा छिरे

MadhesKhabar

जगरनाथपुरका उत्कृष्ट विद्यार्थीहरुलाई प्रोत्साहित गर्न विद्यालय पोशाक वितरण

MadhesKhabar

Leave a Comment