Madhes Khabar
शिक्षा

सरकारी विद्यालयमा कार्यक्रमका लागि विद्यार्थीबाट रकम नउठाउन वडाध्यक्ष कानुको निर्देशन

वीरगन्ज,३०फाल्गुनःवीरगन्ज महानगर पालिका वडा नम्बर १० का वडाध्यक्ष सशील साह कानुले सामुदायिक विद्यालयमा वार्षिक उत्सव लगायतका कुनैपनि अतिरिक्त कार्यक्रमका लागि विद्यार्थीहरुबाट रकम नउठाउन निर्देशन दिएका छन् ।

वीरगन्ज–१० मा रहेको रामचरण साह पन्नालाल माध्यमिक विद्यालयमा बुधबार आयोजित १४ औं वार्षिक उत्सव कार्यक्रमलाई प्रमुख अतिथीका रुपमा सम्बोधन गर्दै वडाध्यक्ष कानुले सामुदायिक विद्यालयको बार्षिक उत्सवमा लाग्ने खर्च वडा समितिको कार्यालयले व्यहोर्ने बताए । पन्नालाल माविलाई बार्षिकउत्सव कार्यक्रमका लागि १ लाख रुपैयाँ दिने घोषणा गर्दै वडाध्यक्ष कानुले वडामा रहेका अन्य सामुदायिक विद्यालयमा पनि वडा कार्यलयले बार्षिक उत्सव कार्यक्रमका लागि रकम उपलब्ध गराउने बताए ।

वडाध्ध्यक्ष कानुले सभ्य र सम्मुन्नत समाजका लागि पहिलो कडी शिक्षा नै भएको भन्दै वडामा भौतिक विकाससंगै सामाजिक विकासको विषयपनि आँफुले प्राथमिकतामा राखेको बताए ।

कार्यक्रममा विद्यालयाको बार्षिाक परिक्षा र अतिरिक्त क्रियाकलापमा उर्तकष्ट भएका छात्रछात्राहरुलाई पुरस्कार वितरण गरिएको थियो भने कार्यक्रममा विद्यालयका बालबालिकाहरुले आफनो कलापनि प्रस्तूतपनि गरेका थिए ।

वडाध्यक्ष कानुको प्रमुख आतिथ्यता तथा विद्यालयका प्रधानाध्यापक मनोज प्रसाद चौहानको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपाका नेता प्रमानन्द साह कानु, वीरगन्ज महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्ण, वडा सदस्य सन्तोष जैशी, घडिअर्वा स्पोर्टस क्लबका अध्यक्ष सन्तोष कानु, अभिभावक,शिक्षक–शिक्षिका लगायतकोपनि उपस्थिती रहेको थियो ।

 

 

Related posts

तलब नपाएको भन्दै वीरगन्जका निजी विद्यालयका शिक्षकले मेयर सिंहलाई गुहारे

MadhesKhabar

ठाकुरराममा उत्तरपुस्तिका साट्ने धन्दा चलाएका यादवसहित दुई जना रंगेहात पक्राउ

MadhesKhabar

भोलिदेखि सुरु हुने एसईईमा पर्सा जिल्लाबाट १० हजार ७०३ विद्यार्थी सहभागी हुदैं

MadhesKhabar

Leave a Comment