Madhes Khabar
शिक्षा

भोलिदेखि सुरु हुने एसईईमा पर्सा जिल्लाबाट १० हजार ७०३ विद्यार्थी सहभागी हुदैं

फाइल तस्बिर ।

वीरगन्ज,१८ चैत : भोलि (बिहीबार ) चैत १९ गतेदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पर्सा जिल्लाबाट १० हजार ७०३ जना विद्यार्थी सहभागी हुने भएका छन् ।

एसईईको सम्पूर्ण तयारी पुरा भइसकेको र यस वर्ष जिल्लाबाट कूल १० हजार ७०३ जना विद्यार्थी सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय इकाइ पर्साले जनाएको छ ।

पर्सा जिल्लाका १५३ वटा विद्यालय ( ७० वटा सामुदायिक र ८३ वटा संस्थागत ) बाट गरी १० हजार ७०३ जना विद्यार्थी परीक्षमा सहभागी हुन लागेका हुन् । चैत १९ गतेदेखि चैत २९ गतेसम्म चल्ने परीक्षाका लागि पर्सा जिल्लामा २७ वटा परीक्षा केन्द्र तोकिएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख मोतीप्रसाद भट्टराईका अनुसार पर्सा जिल्लामा ग्रामीण क्षेत्रमा १४ र सहरी क्षेत्रमा १३ वटा परीक्षा केन्द्र तोकिएका छन् । परीक्षा व्यवस्थापनका लागि १ हजार ३०४ जना जनशक्ति परिचालन गरिने भन्दै उनले २७ जना केन्द्राध्यक्ष, ५८ जना सहायक केन्द्राध्यक्ष, ५२३ जना निरीक्षक, ९२ जना परीक्षा सहायक, १९९ जना कार्यालय सहयोगी र ४०५ जना सुरक्षाकर्मी रहेको बताए ।

जिल्लाका सबै परीक्षा केन्द्रका लागि प्रश्न पत्र नजिकका प्रहरी चौकीमा सुरक्षित रूपमा पु¥याइसकिएको र बाँकी आन्तरिक तयारी तीव्र गतिमा भइरहेको उनले जानकारी दिए।

 

Related posts

पर्साका सरकारी विद्यालयमा पंखा नहुदा गर्मीका कारण विद्यार्थीहरु कक्षा कोठामै बेहोश हुदैं

MadhesKhabar

विद्यालय सुचारु नगरे आन्दोलनरत शिक्षकलाई कारबाही गर्ने वीरगन्ज महानगरको चेतावनी

MadhesKhabar

एनआई कलेजलाई हरिखेतानको चुनौती : सिसिटिभीको निगरानीमा परीक्षा लिन सक्ने हिम्मत छ ?

MadhesKhabar

Leave a Comment