Madhes Khabar
स्थानिय

बाराकाे मुसहर बस्तीमा पुगे पूर्वराजा ज्ञानेन्द्र शाह

बारा,६माघ : पूर्वराजा ज्ञानेन्द्र शाह शनिबार बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका-६ स्थित मुसहर बस्ती पुगेका छन्। करिब दुई सातादेखि सिमरामा रहेका पूर्वराजा शाह परिवारका सदस्य लिएर शनिबार मुसहर बस्ती पुगेका हुन्।

प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठीले गत असोज १२ गते मुसहर समुदायका २० परिवारलाई उक्त बस्ती हस्तान्तरण गरेको थियो। पूर्वराजपरिवार भित्रका सदस्यले निर्माण गरी हस्तान्तरण गरेको बस्ती अवलोकन गर्न पूर्वराजा ज्ञानेन्द्र पुगेका हुन्।

पूर्वराजा ज्ञानेन्द्रसँग पत्नी कोमल, छोरी प्रेरणालगायत पूर्वराजपरिवाका सदस्य सहभागी थिए। बस्तीमा निर्माण भएको घरभित्र पसेर पूर्वराजदम्पतीले मुसहर समुदायका नागरिकसँग भलाकुसारी गरेका थिए। बस्तीमा एक घण्टा बिताएका उनीहरूले चियासमेत पिएका थिए।

पूर्व राजपरिवारको स्वागतमा मुसहर समुदायका युवायुवतीले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। यसअघि पूर्वराजदम्पतीलाई बस्तीमा बसोबास गर्ने २० वटै घरका परिवारका सदस्यले स्वागत गरेका थिए।

त्यस क्रममा बस्तीमा बसोबास गर्ने नागरिकका लागि दिवाभोजनको व्यवस्थापन गरिएको थियो। पूर्वराजाले दिवाभोजनका लागि बनाइएको परिकारसमेत हेर्न भ्याएका थिए। उनले बस्तीका नागरिकलाई खाना खान आग्रह गरिरहेका थिए।

पूर्वराजालाई बस्तीमा स्वागत गर्न पाउँदा मुसहर समुदायका नागरिक खुशी देखिन्थे। चुहिएको घरमा कष्टकर जीवन विताइरहेका २० परिवारका लागि प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठीले पाँच करोड भन्दा बढीको लागतमा बस्ती नै निर्माण गरेर हस्तान्तरण गरेको हो।साभार:अन्नपूर्ण पाेष्टबाट

Related posts

पर्साको जिराभवानी १ मा एमालेका खवास विजयी

MadhesKhabar

बहुदरमाईका मेयरले हाकिमलाई अख्तियारी नदिदाँ शिक्षक र कर्मचारीले ४ महिनादेखि पाएनन् तलब

MadhesKhabar

पर्सामा सवारी दुर्घटना ह्वात्तै बढ्यो : एक वर्षमा ५१ को मृत्यु, ८०४ घाइते

MadhesKhabar

Leave a Comment